Erani Mahal
काेराेना नियन्त्रणमा खट्ने कर्मचारीलाई प्रोत्साहन भत्ता !
NISDI

पाल्पा - निस्दी गाउँपालिकाले कोरोना रोग नियन्त्रणमा खट्ने स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ। साथै कोरोना रोग नियन्त्रणको शिलशिलामा ज्यान गए १० लाख क्षतिपूर्ति दिने गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो ।

अहिले निस्दीमा जनप्रतिनिधि , कर्मचारी र प्रहरीहरु मिलेर सातै वडामा कोरोनाबाट बाँच्ने तरिका तथा नियन्त्रणको विषयमा दिनहु अनुगमन र प्रचारप्रसारमा हिँडेको स्वास्थ शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो ।

पाल्पा जिल्लाकै सबैभन्दा विकट र दुर्गममा रहेको निस्दी गाउँपालिका गाउँनै गाउँले भरिएकोले पनि चेतनाको कमी रहेकोले बुझाउन समस्या भएको गाउँपालिकाका कर्मचारी सरोज काफ्लेले बताउनुभयो । हाल निस्दीमा विदेश र छिमेकी राष्ट्र भारतबाट आएकाको तथ्यांक संकलन र स्वास्थ परिक्षणलाई तीब्रता दिएको पनि अध्यक्ष सारुले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update