Erani Mahal
निस्दीकाे गाैरीशंकर माविमा १२ बेडकाे अस्थायी क्वारेन्टाइन
91027960_580029889276953_8828921742173929472_n

पाल्पा - निस्दी गाउँपालिकाले कोरोना रोग नियन्त्रणको लागि १२ बेडको अस्थायी क्वारेन्टाइन स्थापना गरेको छ। गौरीशंकर माध्यमिक विद्यालय मित्यालको २ कोठामा ६ /६ बेडको १२ वटा क्वारेन्टाइन राखेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो ।

कोरोना भाइरसको जोखिमबाट बाँच्नको लागि निस्दी गाउँपालिका स्वास्थ शाखाले मक्स र सामान्य खालको औषधि वितरण गरेको छ।

स्वास्थ शाखाले पालिका भित्र रहेका सातै वडाका स्वास्थ चौकीलाई २ सयका दरले र २ वटा सामुदायिक स्वास्थ इकाईलाई १ सयका दरले गरि १ हजार ६ सय वटा मस्क वितरण गरेको स्वास्थ शाखा संयोजक रेम बहादुर दिशाले जानकारी दिनुभएको छ ।

साथै होङसी शिवम सिमेन्ट प्रालि नवलपुरले निस्दी गाउँपालिका स्वास्थ शाखालाई ६ सय वटा मस्क र औषधि सहयोग गरेको स्वास्थ शाखाका अर्जुन रानाले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update