Erani Mahal
अलपत्रलाई रामपुर नगरपालिकाले उद्धार गरी क्वारेन्टाइनमा राख्याे
91366156_2471516373098554_3375266028849201152_n

पाल्पा - भारतबाट आउदै गरेका ९ जना नागरिकलाई रामपुर नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ । नगरपालिकाले वडा नम्बर ५ संगको समन्वयमा निर्माण गरेको क्वारेन्टाइनमा पहिलोपटक बाहिरबाट आएका युवा राखिएको हो ।

रामपुर नगरपालिकाले वडामा घुम्तीटोली खटाएर देश बाहिरबाट आउनेहरुको तथ्यांक लिएर क्वारेन्टाइनमा बस्न आग्रह गर्दै आइरहेको छ । उनीहरु केहीदिन अघि आएर परिवारमा बसिसकेका छन् । उनीहरु घरमै क्वारेन्टाइनमा बस्ने सर्तमा छन् । तर बुधबार बुटवलबाट आएका ९ जना घर नगइ सिधै बालकल्याण प्राथमिक विद्यालयमा तयार पारिएको क्वारेन्टाइनमा बसेका हुन् ।

रामपुर -६ र ७ का १/१ जना र १० न. वडाका ७ जना रहेका छन् । भातरको मुम्बइबाट आएका उनीहरु लकडाउनमा अलपत्र परेपछी स्थानिय प्रशासनको सहयोगमा रामपुर ल्याइएको हो । बुधवार ३० जनाको टोली पाल्पाकै बगनासकालीले तयार पारेको क्वारेन्टाइनमा बस्ने व्यवस्था पछि प्रशासनको समन्वयमा नगरपालिकाले बसको व्यवस्था गरेर उनिहरुलाई ल्याएको हो ।

पाल्पाको रामपुर नगरपालिका, निस्दी र पुर्वखोला गाउपालिकाका उनिहरु मध्य अन्य पालिकाले व्यबस्थापन गरेको वा घरमा नै क्वारेन्टाइन स्थापना गरेर बस्ने गरि गएका छन् । रामपुर नगरपालिकाका ९ जनालाइ भने सोही युवा, परिबारको समन्वयमा १४ दिन क्वारेन्टाइनमा राखिने छ ।

उनीहरुलाई नगरप्रमुख रमण बहादुर थापा, वडा अध्यक्ष हिमाल मल्ल, वडा सदस्य बिष्णु प्रसाद बस्याल, माया नेपाली, काशीनाथ रेग्मी तथा प्रहरी प्रमुख प्र नि भीम बहादुर कार्की र रामपुर अस्पतालका स्वास्थ्यकर्मीको सहयोगमा कोरोना बारे जानकारी दिएर अपनाउनुपर्ने सुरक्षा, सरसफाइ एवं स्वास्थ्य परिक्षण गरि सुरक्षा र निगरानीमा राखिएको छ ।

हाल नगरपालिकाले भारत लगायत विभिन्न मुलुकबाट करिव एक सय जना नागरिक नगर भित्रिएको जनाएको छ ।साथै रामपुर नगरपालिका ५ मा गत चैत ३,७,८ र ९ गते आएका अन्य ७ जनाको स्वास्थ्य परिक्षण गरि घरमा नै छुट्टै बस्न भनिएको छ । गाउमा नया आएका नागरिकलाई होम क्वारेन्टाइनमा अनिवार्य बस्न भनिएको छ । रामपुर नगरपालिकाले नगरका सबै वडामा क्वारेन्टाइन निर्माणलाई तिब्रता दिएको छ ।

नगरपालिकाले वडा -वडामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सहितको टोलि खटाएको छ । भारत वा अन्य देशबाट रामपुर आएका नागरिकलाई सिधै क्वारेन्टाइनमा राख्ने व्यबस्था गरेको नगरले जनाएको छ । साथै सोही अबसरमा रामपुर ५ अस्पताल क्षेत्रमा बसोबास गर्ने २४ जना मजदुरको स्वास्थ्य परिक्षण गरिएको वडा अध्यक्ष हिमाल मल्लले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update