Erani Mahal
रैनादेवी छहरामा १४ बेडकाे क्वारेन्टाइन तयार, २८८ विदेशबाट फर्किए
91145709_220322699189534_9109810464438616064_n

पाल्पा – रैनादेवी छहरा गाउँपालिकामा पछिल्लो समयमा २८८ जना विदेशबाट गाउँपालिकामा भित्रिएका छन् । गाउँपालिकाले तयार गरेको तथ्यांक अनुसार हालसम्म भारतबाट सबैभन्दा बढी २७५ जना गाउँपालिकाका विभिन्न वडामा फर्किएका हुन् ।


वैदेशिक रोजगारीका लागि भारत सहित कुवेत, मलेसिया, कतार, क्यानडा, दुबै लगायतका स्थानबाट नेपालीहरू फर्किएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिनुभयो । उनीहरू सबैलाई १४ दिनसम्म घरमै सुरक्षित रुपमा क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको कार्कीले बताउनुभयो ।

तस्विर : खत्री केवीकाे फेसबुकबाट ।


यसैबीच रैनादेवी छहराले छहराको पुरानो स्वास्थ्य चौकीमा १४ बेडको क्वारेन्टाइन तयार गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेतबहादुर खत्रीले विदेशबाट फर्किएकालाई क्वारेन्टाइन बनाइएको बताउनुभयो । विदेशबाट फर्किएका कोही भए क्वारेन्टाइनमा आउन समेत उहाँले अनुरोध गर्नुभयो ।

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update