Erani Mahal
भारतबाट फर्किएका ३७ जनालाई क्वारेन्टाइनमा राखियाे
palpa_carrentine_my0Ph3sMFy

पाल्पा – छिमेकी मुलुक भारतबाट नेपाल फर्किएका ३७ जना पाल्पामा बनाइएकाे दुइ वटा क्वारेन्टाइनमा राखिएको छ । धनगढीको गड्डाचौकी हुँदै पाल्पा आएका उनीहरुलाई तानसेनको बर्तुङ्स्थित जनप्रिय मावि र बगनासकाली चिर्तुङ्धाराको ग्राम्य माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरू अधिकांश पाल्पाका रहेको स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्पौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार जनप्रिय माविमा २६ जना र ग्राम्य माविमा ११ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरूमध्ये २२ जना पूर्वखोला गाउँपालिकाका र ११ जना रामपुर नगरपालिकाका हुन् । बाँकी ४ जना बाग्लुङ् जिल्लामा रहेका छन् । उनीहरूलाई तत्कालका लागि यही राखिएको छ । पछि अवस्था हेरेर सार्न सकिने उहाँले जानकारी दिनुभयो । धनगढीबाट बस चढेर पाल्पा आएका उनीहरूलाइ प्रशासनसँगकाे समन्वयमा क्वारेन्टाइनमा राखिएकाे हाे ।

जिल्लामा अहिलेसम्म ८ वटा स्थानीय तहका क्वारेन्टाइन बनाइएपनि तानसेन र बगनासकालीमा बाहेक अन्य स्थानमा भने कुनै पनि व्यक्तिलाइ क्वारेन्टाइनमा राखिएकाे छैन । सरकारले विदेशबाट फर्किएकालाइ १४ दिनसम्म क्वारेन्टाइनमा राखेर उनीहरूकाे स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन सबै स्थानीय तहलाइ परिपत्र गरेकाे छ ।

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update