Erani Mahal
सैनामैनामा चलेकाे काेराेनाकाे हल्ला निराधार !
coronavirus_1580713677_otmjfGzE7X

दिल बहादुर गाहा, रुपन्देही - जिल्लाको सैनामैना नगरपालिका वडा न १० झिमझिमे घर भएका एक व्याक्तिमा काेराेना भाइरस संकमणकाे लक्षण देखिएको भन्ने हल्ला निराधार भएकाे बताईएकाे छ।

एक हप्ता अघि भारतकाे मुम्बई बाट घर आएका व्याक्तिमा ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता लक्षणहरु देखा परेपछि स्थानीय काे दबाबपछि स्थानीय स्वास्थ्य सस्थामा चेकजाँच गर्न लगिएको र चेकजाँच गर्दा काेराेना भाईरसकाे लक्षण सङ मेल नखाने भएको हुदा घर फिर्ता गरिएको र बिशेष निगरानीमा सेल्फ क्वारेन्टाइनमा राखिएको सैनामैना -१० का वडाअध्यक्ष लाेक नारायण थापाले टेलिफोन सवादमा रानीमहललाइ जानकारी दिनुभयाे।

दुई दिन अगाडि सैनामैना १० मा काेराेनाकाे भाइरस संकरमण भएको आशंकामा नगरपालिका का जन प्रतिनिधिहरुले क्वारेन्टाइनमा पठाएको भन्ने गलत समाचार आम नागरिक र सञ्चार माध्यममा हल्ला फैलिएको हुदा यस्तो भ्रमाक समाचार नफैलाउन सबैमा आव्हान गर्नुभयो ।

खासगरी लक डाउनकाे अवज्ञा सैनामैना- १० अन्तर्गत झिमझिमे फुलवारी मा बढि भएकाे पाईएकाेले नागरिकहरुलाई सचेत रहन र कार्यपालना गर्न अनुराेध गर्नुभयो ।

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update