Erani Mahal
पाल्पामा 'लक डाउन'मा चलाएका गाडी प्रहरी हिरासतमा
90942781_205354074066271_5957260123637284864_n

पाल्पा - विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस रोकथामका लागि लागू गरिएको लकडाउन उल्लंघन गर्ने विरुद्ध प्रहरीले कारबाही नै थालेको छ ।

११ गते देखि लकडाउन शुरु भएकोमा सर्वसाधारण घर बाहिर निस्केको पाएपछी सोही दिन दिउँसो ३ बजेदेखी निषेधाज्ञा लगाएको थियो । पहिलो दिन लकडाउन अवज्ञा गर्दै चलाएका मोटरसाइकल सहित सवारीसाधन दिनभर प्रहरीले राखिदिएको थियो ।

कोरोनाबाट बच्न घरबाट बाहिर ननिस्कन सरकारले आग्रह गरेपनि लकडाउनमा नागरिक बाहिर निस्किरहेपछी लकडाउनको दोस्रो दिन देखि प्रहरीले कडाइ गर्दै लगेको छ ।

उल्लंघन गरेर सडकमा निस्किएका सवारीसाधानलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएर प्रहरी हातामा राखेको छ । लक डाउनको पहिलोदिन नियन्त्रणमा लिइएका सवारीसाधन सोहिदिन साँझ छोडिदिएकोमा दोस्रो दिन देखि प्रहरीले अनुमती बिना चलाउदा समातेका सवारीसाधनहरु प्रहरी कार्यालयमा नै राखेको हो ।

नागरिकलाई आग्रह गर्दा समेत विशेष गरि मोटरसाइकल र विभिन्न निजि गाडी समेत चलिरहेकोमा त्यस्ता गाडिलाई नियन्त्रणमा लिएको र लकडाउनको समयसम्न नछोड्ने इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । प्रहरीले तानसेन, बर्तुङ्, बाँसटारी, प्रभास, हार्थाेक लगायतका स्थानबाट समेत अनुमति नलिइ चलाएका सवारीसाधन नियन्त्रणमा लिएकाे छ ।

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update