Erani Mahal
बेलबास नाकाबाट आवतजावत गर्न स्थानीय बासिन्दाकाे अबराेध
90758884_641031653365119_4865603643153317888_n

दिलबहादुर गाहा, पाल्पा - बिश्वमा फैलिएको काेराेना भाइरसकाे नियन्त्रण बिरुद्ध सरकारले देशलाई लक डाउन गरेको बेला पश्चिम पाल्पाकाे रैनादेवी छहरा गाउपालिकाकाे दक्षिणी नाका रैनादेवी छहरा -७ बेलबास नाकामा लक डाउनकाे अवज्ञा भएको भन्दै स्थानीय बासिन्दाले लकडाउनलाई कडाइकासाथ पालना गराएकाे छ।

उक्त स्थानमा स्वय स्थानीयहरु डिउटि बसि सडकमा मुढा तेर्साएर लक डाउन लाई कडाइ गरिएको हाे। रुपन्देही जिल्ला सङ सिमाना जाेडिएकाे, सालझण्डि -सन्धिखर्क ढाेरपाटन सडककाे मुख्य प्रवेस द्ववार मानिने उक्त नाकाबाट पश्चिम पाल्पा, अर्घाखाँची र गुल्मी जिल्लामा सवारी साधन जाने गर्दछन। प्रहरी प्रसासनकाे पहुँच नभएका कारण उक्त नाका हुदै सवारीसाधन र पैदल यात्रीहरु हुल बाधेर दैनिक जस्तो प्रवेस गर्ने गरेको पाइएको छ। उक्त नाकाबाट प्रहरी रहेको स्थानमा पुग्न करिब २ घण्टा , ३५ कि मि टाढा रहेको छ।

प्रहरी दिउँसो १० देखि ४ सम्म रहेता पनि साझ, बिहान र रातकाे समयमा सवारीसाधन बाक्लो गरि चल्ने गरेको स्थानीय दिल बहादुर सिजालीले रानिमहललाई बताउनुभयो । यस नाकामा हेल्प डेक्स र २४ सै घण्टा प्रहरी रहनुपर्ने अर्का स्थानीय खिम बहादुर पेग्निले माग गर्नुभयो । साे बिषयमा गा पा अध्यक्ष राम बहादुर कार्कीलाई जिज्ञासा राख्दा प्रहरी २४ सै घण्टा खटाउने व्यवस्था छिट्टै मिलाउने र हेल्प डेक्सकाे आबश्यकता उक्त नाकामा नपर्ने बताउनु भयो ।

आज लक डाउनकाे अवज्ञा गर्ने १ दर्जन सवारीसाधन लाई नियन्त्रणमा लिई प्रहरीकाे जिम्मा लगाइएको थियो । भाेलिदेखि पैडल यात्रु लाई समेत आवज जावजमा समेत राेक लगाइने स्थानीय तारा रानाले जानकारी दिनुभयाे।

प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update