Erani Mahal
पाल्पा : अनुमतिबिना माेटरसाइकल चलाएका युवक प्रहरी नियन्त्रणमा !
IMG_20200325_112141_1

पाल्पा – अनुमतिबिना सवारीसाधन चलाएको भन्दै प्रहरीले बुधबार बिहान पाल्पाबाट एक जना युवकलाई नियन्त्रणमा लिएको छ । माथागढी गाउँपालिका वडा नं. ६, का ३२ वर्षका युवकलाई प्रहरीले तानसेनबाट नियन्त्रणमा लिइएको हो । प्रहरीले उनकाे नाम भने खुलाएकाे छैन ।


लु १६ प ४४६४ नम्बरको मोटरसाइकल चलाएर लुम्बिनी मेडिकल कलेजमा बुवा बिरामी हुनुहुन्छ भन्दै तानसेनको बसपार्कमा आएका युवालाई प्रहरीले पिछा गरेको थियो । पछि प्रहरीले लुम्विनी मेडिकल कलेजमा निज युवकको कोही पनि बिरामी नभएको र निज तानसेन–१२ बौघापोखराथोक ससुरालीबाट माथागढी घरमा हिडेको पाइएकाले प्रहरीले पक्राउ गरेको जनाएको छ ।

अनुमतिबिना सवारीसाधन हाकेको र जथाभावी हिड्डुल गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार मात्रै अनुमति लिएर मात्र अत्यावश्यक काममा हिडडुल गर्न पाउने भनेको छ । प्रशासनले जारी गरेको आदेश बिपरीत सवारीसाधन चलाएर डिहेको भन्दै ती युवकलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update