Erani Mahal
पाल्पामा तिनाउ गाउँपालिकाले १० बेडकाे अस्थायी 'क्वारेन्टाइन' बनायाे
91138602_901060387021496_3037001139124961280_n

पाल्पा – तिनाउ गाउँपालिकाले १० बेडको अस्थायी क्वारेन्टाइन बनाएको छ । तिनाउ गाउँपालिकाको लगानीमा जिल्लामै सबैभन्दा पहिले दोभान माविकाे हाताभित्र १० बेडको अस्थायी क्वारेन्टाइन बनाएको हो । याे समाचार तयार पार्दासम्म अन्य गाउँपालिका र नगरपालिकाले भने क्वारेन्टाइन बनाउन भ्याइसकेका छैनन् ।

विदेशबाट फर्किएका र कोरोनाको संक्रमित भएकालाई राख्नका लागि क्वारेन्टाइन बनाएको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले जानकारी दिनुभयो ।


उहाँले बाहिरबाट आएका नागरिकलाई अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्न र क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभयो । क्वारेन्टाइनमा २ जना स्वास्थ्यकर्मी सहित सुरक्षाकर्मी खटिने छन् । क्वारेन्टाइन तत्काल निर्माणमा गाउँपालिकाकी उपाध्यक्ष दमयन्ती थापा, प्रवक्ता श्रेष्ठ, अधिकृत यादव अर्याल, स्वास्थ्य क्षेत्रका कर्मचारी र स्थानीय बासिन्दा खट्नुभएकाे छ ।

कोरोना भाइरसको जोखिम रहेकाले तत्कालका लागि १० बेडको क्वारेन्टाइन स्थल निर्माण गरिएको अझैँ बिस्तार गरिने तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले जानकारी दिनुभयो । क्वारेन्टाइन तानसेनको जनप्रिय मावि बर्तुङ् र रामपुरमा समेत बन्दैछ ।

प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update