Erani Mahal
रामपुरमा २० बेड र तानसेनमा ५० बेडकाे क्वारेन्टाइन बन्दै
corentin2020-02-17-06-22-39

पाल्पा - कोरना भाइरस (कोभिड १९) को नियन्त्रणका लागि रामपुर नगरपालिकाले २० बेडको क्वारेन्टाइन निर्माण थालेको छ । रामपुर नगरपालिकामा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र अन्य सरोकारवालाको भेलाले रामपुर अस्पताल नजिक रहेको बालकल्याण प्राथमिक विद्यालयमा २० बेडको क्वारेन्टाइन बनाउने निर्ण्य संगै स्वास्थ्यकर्मीको रहोबरमा निर्माण शुरु भएको छ ।

अस्पतालमा ५ बेड तयार छ । तत्कालका लागि स्कुलमा २० बेड निर्माण आज बुधबार नै सम्पन्न गर्ने नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो ।नगरपालिकाद्दारा स्वास्थ्यकर्मी र प्रहरी सहितको २ टोलीले घरदैलो गरेको छ । लकडाउनमा घरमा तथा गाउमा शंका लागेका बिरामीले स्वास्थ्य चेक गर्न सकिने नगरप्रमुख थापाले बताउनुभयो ।

पछिल्लो समय बाहिरबाट नगर भित्रिएका र शंका लागेका नागरिकलाई क्वारेण्टाइनमा राखिने रामपुर अस्पतालका डा. बिजय परियारले बताउनुभयो । नगरमा कोही बाहिरबाट आएको छ भने वडा कार्यालय संग समन्वय गर्न र स्वयम क्वारेन्टाइनमा बस्न भनिएको छ ।

लकडाउनमा अवज्ञा गरेको भन्दै निषेधआज्ञा जारी भएको पाल्पामा नगरपालिकाले पनि थप सुचना जारी गर्दै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अनुरोध गरेको छ। औषधि तथा दुधजन्य पसल खोल्न सकिने तर तोकिएका एम्बुलेन्स, प्रहरी, ट्यान्कर लगायतका सवारीसाधन बाहेक बस, ट्रक, जीप, मोटरसाइकल जस्ता कुनै पनि सवारीसाधन चलाउन नपाउने जनाएको छ ।

नगरपालिकाले राष्ट्रिय वाणिज्य बैंकमा स्थापना गरेको प्रकोप व्यवस्थापन कोष ३५१०३०५०४९४०२ मा सहयोग गर्न चाहनेले कोरोना रोकथामलाइ कोषमा सहयोग गर्न सक्ने जनाएको छ ।

उता तानसेनकाे जनप्रिय मावि बर्तुङ्मा समेत ५० बेडकाे क्वारेन्टाइन बन्दैछ । काेराेना भाइरस संक्रमितकाे आशंकामा लुम्विनी मेडिकल कलेज प्रभास र मिसन अस्पताल तानसेनमा आएका बिरामीलाइ राख्न यहाँ क्वारेन्टाइन बनाउन लागिएकाे हाे । ५० बेडकाे क्वारेन्टाइन बनाउने निर्णय भइसकेकाे छ जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विश्वनाथ न्याैपानेले भन्नुभयाे बुधबार साँझसम्ममा तयार हुन्छ ।

क्यारेन्टाइन निर्माण तानसेन नगरपालिकाले जिम्मा लिएकाे उहाँले बताउनुभयाे । क्वारेन्टाइनमा बस्ने स्वास्थ्यकर्मी पाल्पा अस्पताल, मिसन अस्पताल र लुम्विनी मेडिकल कलेजले समन्वय गर्नुपर्ने उल्लेख गरिएकाे छ ।

प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update