Erani Mahal
पाल्पामा प्रहरीद्वारा ८८ माेटरसाइकल सहितका सवारीसाधन नियन्त्रणमा लिइयाे
90376245_520403095308888_7122963584061014016_n-1

पाल्पा – जिल्ला प्रहरी कार्यालयले 'लक डाउन'को समयमा पनि अटेर गरी सवारीसाधन चलाउनेमाथि कारबाही सुरु गरेको छ । पाल्पाका विभिन्न स्थानमा 'लक डाउन'को अवस्थामा सवारीसाधन चलाउने सवारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


पाल्पामा मंगलबार ४९ वटा मोटरसाइकल, २ वटा ट्रेक्टर र १ वटा एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको हो । दोभान, तानसेन, बर्तुङ् लगाउतका स्थानबाट मोटरसाइकल र अन्य सवारीसाधन नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।


नियन्त्रणमा लिएका मोटरसाइकललाई अहिलेसम्म फिर्ता गरिएको छैन । प्रहरी प्रशासनले जारी गरेको निषेधआज्ञा तोकेको भन्दै मोटरसाइक सहित अन्य सवारीसाधनलाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । रामपुरमा पनि प्रहरीले ३९ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।


कोभिड १९ कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिन प्रशासनले लक डाउन गरेको छ । लक डाउनको अवस्थामा जथाभावी अनुमति नलिई सवारी संचालन गर्न पाइनेछैन भने अत्यावश्यक बाहेकको अवस्थामा कुनै पनि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update