Erani Mahal
काेराेना भाइरसकाे जाेखिम नियन्त्रण गर्न पाल्पा प्रशासनकाे निषेधाज्ञा जारी
Image-3-1

पाल्पा – जिल्ला प्रशासन कार्यालय पाल्पाले कोभिड १९ (कोरोना भाइरसको संक्रमण रोक्न पाल्पामा मंगलबार दिउँशो ३ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा अनुसार कोरोना भाइरस संक्रमण रोक्न निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा उल्लंघन गरे कानुन अनुसार कडा कारबाही हुने प्रशासनले जनाएको छ । प्रशासनका अनुसार २०७६ चैत ११ गतेदेखि चैत १८ गतेसम्म निषेधाज्ञा जारी रहने प्रशासनले जनाएको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले काेराेना भाइरसकाे संक्रमण नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा जारी गरेकाे जानकारी दिनुभयाे । उहाँले सबैलाइ संमयमित भएर घरभित्रै बस्न र आदेश पालना गर्न आग्रह गर्नुभएकाे छ ।

प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update