Erani Mahal
रामपुरमा जथाभावी चलाएका मोटरसाइकल प्रहरीद्वारा नियन्त्रण
90376245_520403095308888_7122963584061014016_n

पाल्पा - सरकारले लकडाउन लगाएको पहिलो दिन जथाभावी मोटरसाइकल चलाएका ३९ मोटरसाइकललाई प्रहरीले रामपुर बजार चोकमा समातेको छ । विश्वमा महामारीको रुप लिदै गएको कोरोनाको नियन्त्रणलाई भन्दै सरकारले अत्यावश्यक भन्दा अन्य प्रयोजनका लागि सवारी चलाउन रोक लगाएपनि जथाभावी मोटरसाइकल चलाएका ३९ मोटरसाइकल समातेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

सरकारले लकडाउनका बेला घरमै बस्न अनुरोध गरेपनी अवज्ञा गरेर बजारमा यत्रतत्र चलाएको भन्दै त्यस्ता मोटरसाइकल समातिएको प्रहरीको भनाई छ । सरकारको पालना अवज्ञा गरेका देशका विभिन्न स्थानमा चालकलाई समेत पक्राउ गरेपनि यहाँ सम्झाई बुझाइ गरिएको छ । समातिएका मोटरसाइकल प्रहरीले कार्यालय र बेझाड बजारमा रहेको प्रहरी बिटमा राखेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update