Erani Mahal
पाल्पा उद्योग वाणिज्य संघद्वारा अत्यावश्यक बाहेक सबै व्यवसाय बन्द गर्न आग्रह
pcc

पाल्पा– पाल्पा उद्योग वाणिज्य संघ द्वारा जिल्लाका अत्यावश्यक सेवाका व्यवसाय बाहेकका अन्य व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।


कोभिड १९ को संक्रमणबाट बच्न र सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्न भोली देखि २१ गते सम्मको लागि सबै उद्योग, व्यवसाय बन्द गर्न अपिल गरिएको संघका अध्यक्ष राजुमर्हनले बताउनुभयो ।


उहाँले विश्वस्वास्थ्य संगठनले महामारीको रुपमा घोषणा गरेको कोरोना विरुद्ध सचेतना फैलाउनु र आफू पनि बाचौं र अरुलाई पनि बचाऔं भन्ने भावले सम्पूर्ण व्यवसाय बन्द गर्ने निर्णय गरिएको बताउनुभयो ।


पाल्पामा औषधी, होटल, खाध्यन्न, तरकारी, फलफुल बाहेकका अन्य व्यवसायहरु बन्द गर्न सूचना समेत जारी गरेको छ ।

संघले सबै व्यवसायीहरुले कोरोनाबाट बच्ने उपायको बारेमा जनचेतना फैलाउन, घरबाट बाहिर ननिस्कन तथा सावधानीका उपायहरु अपनाउन समेत समै नागरिकहरुमा आग्रह गरेको छ ।

प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update