Erani Mahal
तिनाउकाे दाेभान र रामपुर भित्रिने नाकामा यात्रुकाे स्वास्थ्य परीक्षण
90715940_1298022297053802_441481895969030144_n

पाल्पा – पाल्पाको तिनाउ गाउँपालिकास्थित दोभान नाकामा जिल्लामा भित्रिएका यात्रुको स्वास्थ्य जाँच सुरु गरिएको छ । सिद्धार्थ राजमार्गको हुँदै जिल्लामा भित्रिने यात्रु तथा सर्वसाधारण नागरिकको रुघाखोकी, ज्वरोको जाँच सुरु गरिएको तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले जानकारी दिनुभयो ।

विदेश तथा अन्य सहरबाट गाउँमा फर्किएका नयाँ मानिसको समेत स्वास्थ्य जाँच गरिएको उहाँले बताउनुभयो । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सहयोगमा स्यानेटाइजर सहित यहाँ स्वास्थ्य जाँच सुरु गरिएको हो ।


रामपुर नगरपालिकाले काठमाडौँ, पोखरा, बुटवल सहित विदेशबाट रामपुर नगरभित्र भित्रिने यात्रुको स्वास्थ्य परीक्षण सुरु गरेको छ । रामपुर नपाले सिद्धार्थ राजमार्ग हुँदै रामपुर छिर्ने नाका, स्याङ्जाको केलादीघाट नाका र तनहुँबाट रामपुर आउने नाकामा स्वास्थ्यकर्मी खटाएर यात्रुको ज्वरो, रुघाखोकीको जाँच थालेको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले जानकारी दिनुभयो । रामपुर र तिनाउले हेल्थ डस्क स्थापना गरेर स्वास्थ्य जाँच गरेका हुन् ।


कोरोना भाइरस संक्रमण फैलन नदिन कोरोना संक्रमण रोकथाम तथा उपचार सहजीकरण समितिले ६ बुँदे अनुरोध तथा निर्देशन जारी गर्दै स्वास्थ्य जाँच गर्न निर्देशन दिएको थियो । पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीको अध्यक्षतमा बसेको बैठकले जिल्लामा भित्रिने यात्रु तथा मानिसको स्वास्थ्य जाँच गर्न अनुरोध गरेको समितिका सदस्य सचिव तथा स्वाथ्य कार्यालय पाल्पाका प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update