Erani Mahal
सार्वजनिक र नीजि सवारी सञ्चालनमा राेक
police-checking

पाल्पा – पाल्पामा नीजि तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक बाहेक सबै खालका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । खाद्यान्न, दुध, पानी, पेट्रोल, बिरामी बोक्ने सवारीसाधन बाहेक अन्य सवारीसाधन जिल्लाबाहिर जान र जिल्लाभित्र भित्रिन रोक लगाइएको हो ।

कोरोना भाइरस संक्रमण फैलन नदिन ‘कोरोना संक्रमण रोकथाम तथा उपचार सहजीकरण कार्य टोलीको बैठकले नीजि सवारीसाधनमा यात्रु बोक्न तथा आवतजावतमा समेत रोक लगाएको छ ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीको अध्यक्षतमा बसेको बैठकले जिल्लाभित्र भित्रिने र बाहिर जाने सबै खालका सवारीसाधनमा रोक लगाएको हो ।

बैठकले सर्वसाधारण नागरिकलाई समेत अत्यावश्यक काममा बाहेक घरबाहिर नजान निर्देशन दिएको छ । यस्तै आधिकारिक सूचना सम्प्रेषण गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update