Erani Mahal
पाल्पामा पालिका र संघसंस्था कोरोना विरुद्ध अग्रसर
ko

पाल्पा - विश्वका झण्डै २०० देशमा संक्रमण फैलिएको कोरोना बिरुद्ध पाल्पाका नगरपालिका, गाउपालिका र विभिन्न संघ सस्था बिबिध निर्णय गर्दै कोरोना भाइरस बिरुद्ध अग्रसर भएका छन् ।

जिल्लाका सबै पालिकाहरुले सीमाको बढी आउ जाउ हुने नाकामा स्वास्थ्य डेक्स स्थापना गरेका छन् । सबै स्थानिय तहले सचेतना बढाएका छन् । रामपुर नगरपालिकाले काठमाडौ बाट घर फर्कन खोजेका नागरिकलाई ३ वटा बसमा निशुल्क ल्याएर नगर प्रबेशद्दार केलादीमा रहेको हेल्थडेक्समा परिक्षण गरेर नगरमा प्रबेश गराएको छ ।

झण्डै आएका १ सय ५० जनाको स्वास्थ्य परिक्षण गरिएको नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । त्यस्तै रामपुरका वडा कार्यालयले गाउँघर र बजारमा पोष्टर माइकिङ्ग गरेर सचेतना बढाएको छ । गाडाकोट स्वास्थ्री चौकी परिषरमा हात धोएर मात्र कार्यालय प्रबेश गर्ने व्यबस्था गरेको स्वास्थ्य चौकी प्रमुख मजिबुर रहमान शेखले बताउनुभयो । रामपुर अस्पतालमा गेट भित्र साबुन पानी राखिएको छ ।बाहिरबाट आउने जो कोही पनि साबुन पानीले हात धोएर मात्र भित्र जाने व्यबस्था गरेको अस्पतालका प्रमुख डा. बिजय परियारले जानकारी दिनुभयो ।

तरुण दल रामपुरले रामपुरमा १ हजार ६ सय माक्स बितरण गरेको छ । नगरका विभिन्न संघसस्था र बजार चोकमा आम सर्वसाधारणलाई माक्स बितरण गरिएको तरुण दल नगर अध्यक्ष शंकर खाणले बताउनुभयो । आँखा अस्पताल, प्रहरी कार्यालय, स्कुल, सञ्चारमाध्यम र आमा समूह लगायत १० संघ सस्था सहित खुला रुपमा बजार चोकमा बसेर माक्स बितरण गरेको हो ।

कोरोनाको रोकथामको लागि रामपुर बचत तथा ऋण सहकारी सस्थाले बेझाड बजार चोकमा हात धुन ठाउँ बोर्ड राखेर साबुन पानीले हात धुने व्यबस्था गरेको छ । रामपुर तालपोखराले पर्यटकीय तालपोखरामा ढुङ्गा र ताल भित्र प्रबेशमा रोक लगाएको छ ।

रामपुर विधुत्तिय व्यबसायी संघले पनि आफ्ना सबै व्यापार व्यबसाय चैत १० देखि १५ सम्म बन्द गरेको अध्यक्ष रेशम भट्टराईले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update