Erani Mahal
कोरोना संक्रमण रोक्न तानसेनमा सरसफाई
safai

पाल्पा– पाल्पाको तानसेनमा रहेको भगवती भीमसेन टोल विकास संस्था र भिमसेन टोल विकास संस्थाले कोरोना भाईरसको जोखिम कम गर्न तानसेनका विभिन्न स्थानमा सरसफाइ गरेका छन ।


अहिले पछिल्लो समयमा कोरोनाको जोखिम बढदै गएकोले पाल्पामा पनि जोखिम कम गर्न फिनेल छर्किने तथा सरसफाइ कार्यक्रम गरेको भगवती भीमसेनटोल टोल विकास संस्थाको अध्यक्ष दिपा श्रेष्ठले बताउन’भयो ।


पछिल्लो समयमा कोरोना भाईरसको रोकथाम तथा जोखिम कम गर्न आफ्नो टोलमा सरसफाइ तथा फिनेल छर्कने काम गरेको श्रेष्ठले बताउन भयो ।


सरसफाई तथा फिनेल छर्कने काम भगवती टोल विकास सस्थाले सितल पाटी,भगवती टोल,सिल्खान टोलमा गरिएको छ, संस्थाका अगुवा भुगोल प्रसाद बैंजुले भन्नुभयो, घरवरपरको संक्रमण कम गर्न सरसफाई गरिएको बताउनुभयो ।


भिमसेन टोल विकास सस्थाले भिमसेन टोल, नारायण स्थान, लगाएतका स्थानमा सरसफाई गरेको थियो ।

काेराेनाकाे संक्रमण राेक्न सचेतना सहित सरसफाइ गिरएकाे व्यवसायी जीवन पाण्डेले बताउनुभयाे । उहाँका अनुसार व्यक्तिगत सरसफाइले समेत यस्ता संक्रमण राेक्न सहयाेग पुग्ने भएकाले टाेलकाे सरसफाइ गरिएकाे बताउनुभयाे ।

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update