Erani Mahal
पाल्पामा सेनेटाइजर, माक्स र पञ्जा अभाव !
Sanitizer-copy

पाल्पा– पाल्पामा पछिल्लो समयमा कोरोना भाइरस संक्रमणबाट रोक्नको लागि प्रयोग गरिने सनेटाइजर, मेडिकल माक्स र मेडिकल पञ्जा समेत अभाव हुँदै गएको छ ।


नेपाल औषधी व्यवसायी संघ पाल्पा अध्यक्ष रामलाल श्रेष्ठका अनुसार पाल्पामा माग अनुसारको सेनेटाइजर, माक्स र पञ्जा उपलव्ध नभएकोले अभाव हुँदै गएको बताउनुभयो । उहाँले पाल्पा आउने भनेको बुटवलको बजारबाट भएकोले उताबाटै आयात कम भएकाले जिल्लामा यि वस्तुहरुको अभाव बढ्दै गएको बताउनुभयो ।


उहाँले त्यहिपनि व्यवसायीले समन्वय गरेर समस्या समाधान तर्फ लागेको रानीमहललाई जानकारी दिनुभयो । उहाँले एकदुई दिनभित्रै अभाव हटाउने गरी काम गर्न समिति लागि परेको बताउनुभयो ।

व्यवसायीका अनुसार दैनिक रुपमा आएका ग्राहकहरुलाई मेडिकल माक्स र सेनेटाइजर नहुँदा त्यसै फकाउनु परेको बताएका छन् ।


ढाका र कपडाको माक्स भने छ
पाल्पामा ढाका, कपडा र अन्य माक्स भने बजारमा पर्याप्त रहेको व्यवसायीहरुले जनाएका छन् । कारोना भाइरसको संक्रमण रोकथामका लागि पाल्पाका बजारमा ढाका र कपडाको माक्स बनाउने व्यवसायी समेत बढेका छन् । बजारमा ढाका र कपडाको माक्स भने पर्याप्त नै रहेको व्यवसायीहरुले जनाएका छन् ।

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update