Erani Mahal
रामपुर नगरपालिकाद्वारा काठमाडौदेखि निशुल्क बसको व्यवस्था
90540179_2792746530819062_3544228169668100096_n

पाल्पा - रामपुर नगरपालिकामा स्थायी घर भई हाल काठमाडौमा बसोबास गर्नुहुने जाे सुकैपनि घर जान चाहानुहुनेहरुलाई निशुल्क बसको व्यबस्था गरिने भएकाे छ । जताततै कोरोना भाईरसको त्रास फैलिरहेका बेला आफ्नो नगरका जनताहरुलाई घर जान सहज होस् भन्दै निशुल्क गाडीको व्यबस्था गरिएको रामपुर नगरपालिका मेयर रमण थापाले बताउनु भएको छ ।

पाल्पा घर जान चाहानुहुनेले चैत्र ९ गते बेलुका ४ बजेसम्म सम्पर्कमा आइसक्नु पर्ने छ । जान चाहानुहुने व्यक्त्तिले ९८४७४५५६११ रामु र ९८६०१६९३२५ हरिलाई सिधै फाेन गरि नाम टिपाउनुहुन अनुराेध गरिएकाे छ ।

प्रकाशित मिति: शनिबार, चैत ८, २०७६  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update