Erani Mahal
काेराेना प्रभाव : तानसेनको सेन माविमा क्वारेन्टाइन बनाउने तयारी
80312280_1549264218563717_5510402487686791168_n

पाल्पा – तानसेनको सेन माविमा कोरोना संक्रमितको उपचारको लागि क्वारेन्टाइन बनाइने भएको छ । नगरपालिकाका मेयर अशोक शाहीका अनुसार अहिले विश्वमा तीव्र गतिमा फैलिरहेको कोरोना र यसबाट विश्वमा धेरै मानिसहरु मृत्यु भएको र नगरमा समेत सचेत रहनुपर्ने बताउँदै तानसेनमा नेपाली सेनासँग मिलेर सेन तानसेनस्थित माध्यमिक विद्यालयमा क्वारेन्टाइन बनाउने तयारी भइरहेकाे उहाँले बताउनुभयाे ।

तर कसरी र कहिले गर्ने भन्नेमा भने अझै ठाेस कार्ययाेजना बनेकाे छैन । अहिले त्यस्ताे महामारी अायाे भने क्वारेन्टाइन बनाउने भन्ने मात्र छ सबै खाका बनिसकेकाे छैन नगरका प्रवक्ता दामाेदर घिमिरेले भन्नुभयाे ।

उहाँले नगरपालिकालाई क्वारेन्टाइन स्थापना गर्नका लागि सेन माध्यमिक विद्यालयले भवन प्रदान गरेको बताउनु भयो । बिहीबार नगरपालिकामा बसेको आकर्षिक बसेको बैठकले उक्त निर्णय गरेको उहाँले बताउनुभयो । नेपाल सरकारले यो समस्या सँग लड्नका लागि नगरपालिकाले काम गर्ने बताउनुभयाे ।


नगरस्तीय सञ्जाल स्थापना गरिरहेको र त्यस्मा पाल्पाका विभिन्न अस्पतालका प्रतिनिधि, रेडक्रसका प्रतिनिधि, टोलटोलमा जागरण अभियान सञ्चालन गरेको नगरपालिकाले यस समस्या सँग जुधन प्रयाप्त तयारी गरेको बताउनु भयो ।


अहिले नेपाल सरकारले पनि नागरिकहरुको सुरक्षाका लागि जिम्मेवारी पूर्ण तरिकाले काम गर्न स्थानीय तहका सरकारहरुलाई निर्देशन दिएको र नगरपालिकाले पनि जिम्मेवारी पूर्ण तरिकाले काम गर्ने तयारी गरेको बताउनु भयो । साथै यो अभियानलाई सहयोग गर्न नागरिकहरुलाई सबैलाई आग्रह समेत गर्नु भयो ।


साथै नागरिकहरुलाई औपचारिक सूचनाबाहेक सञ्चार माध्यमबाट प्रसारण भएका गलत सुचनामा विश्वास नगर्न तथा आफनो नियमित काम गर्न र सरसफाइमा ध्यान दिन समेत आग्रह नगरप्रमुख शाहीले गर्नुभयो ।

प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update