Erani Mahal
पाल्पा प्रहरीद्वारा ३ सय लिटर घरेलु मदिरा नष्ट
g-m-1

पाल्पा– जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्लाका विभिन्न स्थानबाट जफल गरेको ३ सय लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ ।


तानसेनको गोर्खेकोटमा प्रहरी चेकजाँचको क्रममा खानीछापदेखी तानसेन आउँदै गरेको लु. १ ज २०६१ नम्बरको जीपबाट नियन्त्रण लिएर उक्त रक्सी नष्ट गरेको हो ।

उक्त रक्सी कर कार्यालयमा आवश्यक कारबाहीको लागि पठाइ अबैध भएपछि पत्रकार, स्थानीय र अन्य निकायको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


उता ग्रामिण क्षेत्रका महिलाले भने आफ्नो रोजीरोटी भएकोले सरकारले आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने र घरेलु मदिरालाई उद्योगकै रुपमा संचालन गर्न दिनुपर्ने माग गर्दै आइरहेका छन् तर सरकारी नियम अनुसार राजस्व नतिरेर र दर्ता विना यस्ता मदिरा बेच्न नपाइने नियम रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update