Erani Mahal
पाल्पामा मृगाैला पीडितका लागि 'डायलासिस' सेवा सुरू
dye

पाल्पा – तानसेनको बन्दीपोखरामा अत्याधुनिक सुविधा सहितको मृगौलाको डायलासिस सेवा सुचारु भएको छ । १० वटा मेशिन सहित तानसेनको लक्ष्मी माविको कम्पाउण्ड नजिकै बन्दिपोखरामा शुक्रबारदेखि सेवा सुचारु भएको हो ।

मृगौला पीडित बिरामीका लागि डायलाशिस गर्न जिल्लामा सेवा नहुँदा बृटवल, भैरहवा र काठमाडौ जानुपर्ने बाध्यता थियो । अबभने उक्त बाध्यता हटेको छ । गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था बृटवलले पाल्पाको तानसेन बजार नजिकै बन्दिपोखरामा डाइलासिस सेन्टर स्थापना गरेर सेवा आरम्भ गरेको हो । रोटरी क्लब अफ सेन्ट्रल बृटवलको आर्थिक सहयोगमा स्थापना गरिएको हो ।

गौतम बुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले सेन्टरकाे भवन निर्माण, डायलासिस मेशिन जडान लगायतका सम्पूर्ण कामहरु पूरा भएको बताउनुभयो । तानसेनमा हाल १० वटा मेसिनबाट बिरामीहरुको मृगौला डायलाईसिस गरिनेछ । बिरामीको चाप बढ्दै गए विस्तारै सेवा र सुबिधा थप गरिने बताउनुभयो । आलमले खानेपानीको सुबिधा कम भएकाले यसकाे व्यवस्थापन गर्दै जाने बताउनुभयो ।

१० वटा मेसिन सहित तानसेनको बन्दिपोखरामा स्थापना गरिएको सेन्टरबाट पाल्पा गल्मी र स्याङजा क्षेत्रका मृगौलाका विरामीहलाई सेवा दिइनेछ । करिब ५ करोडको लागतमा स्थापित उक्त सेन्टरमा हाल दैनिक ३० जना विरामीको नियमित डायलाईसिस गरिने स्वास्थ्य संस्थाले जनाएको छ ।

हालको तथ्यांक अनुसार पाल्पा र गल्मीबाट ६४ जना विरामी नियमित डायलाईसिसका लागि बृटवल स्थित गौतम बुद्ध सामुदायिक मृटु अस्पतालमा जाने गरेका थिए । अहिले पाल्पामा शाखा स्थापना भए पछि सो विरामीहरुले पाल्पाबाट नै सेवा पाउने बताइएकाे छ । गौतम बुद्ध सामुदायिक स्वास्थ्य संस्थाले विगत ५ वर्ष देखि बृटवल स्थित गौतमबुद्ध सामृदायिक मृट अस्पतालमा २० वटा मेसिन जडान गरी २४ घण्टा सेवा प्रदान गर्दै आएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update