Erani Mahal
नेकपा र कांग्रेसद्वारा काेराेना भाइरस सम्बन्धी चेतनामुलक सामग्री वितरण
89975687_2659383614345682_1495226717311074304_n

पाल्पा – नेकपा पाल्पा र नेपाली कांग्रेस पाल्पाले कोरोना भाइरस सम्बन्धी सचेतना जगाउन पर्चा र पम्पलेट तयार गरेर जिल्लाभर नै वितरण गरेको छ । कोरोनाबाट कसरी बच्न सकिन्छ, कोरोना लागे के गर्ने, कोरोना भाइरस संक्रमणका लक्षणहरु जस्ता सूचना समावेश सामग्री नेकपा र कांग्रेसले जिल्लाभर नै मातहतका कमिटिबाट वितरण गरेको हो ।

नेकपा पाल्पाकाे प्रचार प्रसार तथा प्रकाशन विभागबाट तयार गरिएको पम्पलेट बुधबारदेखि वितरण सुरु भएको हो ।

बुधबार तानसेनको शित्तलपाटीबाट कोरोना सम्बन्धी पर्चा पम्पलेट वितरण कार्य सुरु भएको नेकपाका केन्द्रीय सदस्य तथा युवा नेता ठाकुर गैरेले जानकारी दिनुभयो । कोरोना भाइरसबाट विश्व नै प्रभावित भएको सन्दर्भमा सबै नेपाली नागरिकलाई पूर्व सूचना गरेर जोखिम कम गर्न पर्चा वितरण गरिएको उहाँले बताउनुभयो ।

युवा पिढीले कोरोना भाइरसबारे सामाजिक संजालबाट थाहा पाएपनि पौढ पिढीलाई समेत कोरोना भाइरसबाट जनचेतना अभिबृद्धि गर्न पर्चा प्रकाशन गरेर गाउँ–गाउँमा जनताको हातमा पु¥याइएको नेकपा पाल्पाका अध्यक्ष नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो ।

यसैबीच नेपाली कांग्रेस पाल्पाले समेत कोरोना भाइरस सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने प्रचार सामग्री तयार भएको जनाएको छ । अहिले मुलुक नै कोरोना भाइरसको संक्रमण हुने हो की भन्ने त्रासमा रहेकाले सही सूचना र जानकारी पु¥याउन पर्चा सामग्री बनाएर वितरण गरिएको जिल्ला सचिव झपेन्द्र गहिरेले जानकारी दिनुभयो । गहिरेले पार्टीका कार्यकर्ता, नेतामार्फत जनताकाे घरदैलाेमा जनचेतनामुलक सामग्री वितरण भइरहेकाे जानकारी दिनुभयाे ।

प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update