Erani Mahal
पाल्पामा नेपाल तरुण दलद्वारा मास्क वितरण
ytt

पाल्पा - कोरोना: नेपाल तरुण दल रामपुरले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन सचेतना सहित पाल्पाको रामपुरमा पाल्पाली ढाकाको मास्क बाढेको छ ।

नेपालमा पनि कोरोनाको जोखिम बढेपछि जताततै सन्त्रास बढेका बेला तरुण दल रामपुर नगर कार्य समितिले नगरको मुख्य चोक बेझाड बजारमा माक्स वितरण गरेको हो । बजारमा माक्सको अभाव भएका बेला तरुण दलले दैनिक उपभोग्य सामान लिन बजार आउने उपभोक्ता तथा यात्रुलाई मध्यनजर गर्दै माक्स बाढ्नु आफैमा उदाहरणीय काम भएको युवा गोबिन भट्टराईले बताउनुभयो ।

जिल्लामा मेडिकल माक्स र कपडाको माक्स समेत न्यून मात्रामा मात्र भेटिने र त्यो पनि निकै महङ्गो मुल्यमा नागरिकले खरिद गरेको जानकारी पाएपछी तानसेनदेखी ढाकाको माक्स ल्याएर वितरण गरिएको तरुण दल रामपुरका अध्यक्ष शंकर खाणले बताउनुभयो । इटाली, इरान सहित छिमेकी देश भारतमा यसको संक्रमण दिनानुदिन फैलिरहेकोले नेपालमा यसको रोकथाम स्थानीय स्तरबाटै नभए यसले छिट्टै बिकराल रुप लिने हुदा तरुण दरले माक्स सहित कोरोना बिरुद्ध जनचेतनामुलक पर्चा,पोष्टरहरु बाढेर सचेतना जगाउनमा लागेको खाणले बताउनुभयो ।

तरुण दल रामपुरले पहिलो दिन मुख्य बजार चोक प्रहरी बिट परिषरमा कार्यक्रम गरेर खुला रुपमा माक्स वितरण गरेको हो । सो कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा सहित जनप्रतिनिधि सहभागी रहनुभएको थियो ।

नगरप्रमुख थापाले माक्स लगाएर माक्स वितरण तथा कोरोनाको लक्षण रोकथाम एवं नियन्त्रण जनचेतना मुलक कार्यक्रमको उद्घाटन गर्नुभएको हो । तरुण दलले नियमित रुपमा कोरोना विरुद्धको सचेतना बढाउदै लैजाने रामपुरका विभिन्न संघ सस्थालाई १ हजार थान माक्स बितरण गर्ने योजनामा रहेको तरुण दल रामपुरका सहसचिव प्रकाश ज्ञवालीले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update