Erani Mahal
पाल्पामा एसइई परीक्षाकाे तयारी पूरा, ४७ विद्यार्थी परीक्षा दिनबाट बञ्चित
palpa-nepal-see

पाल्पा – पाल्पा जिल्लाबाट ४७ जना विद्यार्थीहरू माध्यमिक शिक्षा (एसईई) परीक्षा दिनबाट बञ्चित भएका छन् । परीक्षाका लागि आवेदन फारम भरेपनि ७५ प्रतिशत हाजिरी नपुगेका र बीचैमा पढाई छाडेका ७० जना विद्यार्थीहरू परीक्षा दिनबाट बञ्चित भएका हुन् ।

एसईई परीक्षामा पाल्पा जिल्लाबाट पाँच हजार १८ जना विद्यार्थीहरू सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई, पाल्पाका सूचना अधिकारी विष्णुप्रसाद बेल्वासेले जानकारी दिनुभयो । नियमित तर्फ चार हजार ८०२ र ग्रेडवृद्धितर्फ २१६ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

तस्विर स्राेत : गुगल ।

पाल्पास्थित खुल्ला विद्यालय (जनता मावि)बाट ४२ जना, पाल्पा कारागारबाट तीन जना र दमकडा माविबाट दुई जना दृष्टिबिहीन विद्यार्थी समेत परीक्षामा सहभागी हुनेछन् ।

पाल्पामा मर्यादित र शान्तिपूर्ण रुपमा परीक्षा सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । पाल्पामा यो वर्ष पनि २६ वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । मर्यादित परीक्षा सञ्चालनका लागि सुरक्षा कर्मी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष गरी ८४९ जना जनशक्ति खटिने इकाई प्रमुख रमेशराज पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update