Erani Mahal
नगद सहित रामपुरबाट पाँच जना जुवाडे पक्राउ
juwade-1024x599

पाल्पा – जुवा (तास) खेलिरहेको समयमा रामपुरबाट पाँच जना जुवाडे रंगेहात पक्राउ परेका छन् । रामपुर–७, डुम्रीगाउँ स्थित यामबहादुर सारुको घरमा तास खेलिरहेको समयमा तीन बुक तास र ४१ हजार ४२२ रुपियाँ सहित पाँच जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरूलाइ प्रहरीले मंगलबार बेलुकी ५ बजेतिर पक्राउ गरेकाे जनाएकाे छ ।


पक्राउ पर्नेमा रामपुर–७, डुम्रीगाउँका ३८ वर्षिय यामबहादुर सारु, सोही स्थानका २९ वर्षिय रामबहादुर श्रेष्ठ, सोही स्थानका ३८ वर्षिय ओमबहादुर मश्राङ्गी, सोही स्थानकै ४२ वर्षिय झविलाल विक र ४० वर्षिय चेतबहादुर मल्ल रहेका प्रहरीले जनाएको छ ।

रामपुर प्रहरी कार्यालय पाल्पाका सहायक प्रहरी निरीक्षक श्रमणकुमार थापाको टोलीले जुवाडेलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा रामपुरमा जुवाडेमाथि कारबाही गरिएको हो ।

प्रतिनिधि तस्विर गुगल ।

पछिल्लो समयमा रामपुर लगायत जिल्लाका विभिन्न स्थानमा जुवा खेल्ने समूह सक्रिय भएको गुनासो बढेका बेला रामपुरमा भने एउटा जुवाडेको समूहलाई पक्राउ गरिएको हो । स्रोतका अनुसार जिल्लाका विभिन्न स्थानमा यो भन्दा ठूलो खालमा जुवा खेल्ने मानिसको समूह सक्रिय छ ।

प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  २०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update