Erani Mahal
रामपुरमा काेराेना सतर्कता :  नगर भित्रिने यात्रुको स्वास्थ्य परीक्षण
89706605_230245184769926_454169285195988992_n

पाल्पा- रामपुर नगरपालिकाले बाहिरबाट सवारी साधनमा नगर भित्रिने यात्रुको स्वास्थ्य जाँच गरेर मात्र प्रवेश दिने भएको छ । बुटवल, काठमाडौ तथा पोखरा सहितका बाहिरका शहरबाट नगरमा भित्रिने यात्रुको ज्वरो र अन्य स्वास्थ्य अबस्था जाँच गर्ने जनाएको छ ।

बिश्वमा फैलदै गएको कोरोना बाहिरबाट आउने नागरिकबाट फैलन सक्ने संभावनालाई मध्यनजर गर्दै हेल्थडेक्स स्थापना गर्ने नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो । नेपालमा अहिलेसम्म यसको संक्रमण नदेखिएपनी सचेतना अपनाउने अबस्था आएकोले डेक्स स्थापना गरेर विशेषत सार्वजनिक सवारी साधनमा आएका यात्रुको स्वाथ्य परिक्षण गरिने उहाले बताउनुभयो ।

छिमेकी देश भारतको उत्तरप्रदेशमा यस रोग देखिएपछी कोरोनाको संक्रमणबाट बच्न नेपालमा सावधानी अपनाउन जरुरी छ थापाले भन्नुभयो । रोगले भन्दा छिटो चिन्ताले मानिसलाई बढी गलाउने हुदा कोरोनाको प्रतिकारमा मन दर्हो बनाउदै संभावित जोखिमबाट टाढै रहन सबैलाई उहाले आग्रह गर्नुभएको छ ।

पृथ्वी राजमार्ग हुँदै काठमाडौ र पोखराबाट, सिद्धार्थ राजमार्ग हुँदै वुटवल तानसेन स्याङ्जाबाट नगर प्रवेश गर्ने सबै यात्रुको चेकजाच गर्ने तयारीमा नगर रहेको छ । यसको लागि ज्वरो नाप्ने ५ वटा इन्फारेड थर्मोमोटरको व्यबस्थामा लागेको जनाएको छ । यात्रुको चेकजाच पछि कोही नागरिकमा तापक्रम बढी भएमा यसमा रातो संकेत देखाउछ त्यस्तो अबस्थाका बिरामीलाई आइसोलेसनमा राखिनेछ ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले विश्वका ठुला र धनी देशलाई पनि कोरोनाले नछोडेको बरु देशकै सक्दो सम्यन्त्र लगाउदा पनि अझ पुर्ण नरोकिएकोले नेपालमा हरेक नागरिक आफै सतर्क रहन आग्रह गर्नुभयो । पहिले आफू बच्नुस्,परिवार बचाउनुहोस् अनि समुदाय, टोल, वडा, नगर,क्षेत्र प्रदेश र देश बचाउने अभियान सम्झेर नियमित सरसफाई र भिडभाड जन्य जमघट नगर्न सुझाउनुभयो । उहाँले नगरपालिकाले नागरिकको स्वास्थ्यलाई महत्वका साथ लिगेको बताउदै सचेतना संगै सुरक्षामा आफैले ध्यान दिन आग्रह गर्नुभयो । सामाजिक संजालमा हतोत्साहित बनाउने, त्यसै बढी अफवाह फैलाउने पनि छन् तर बास्तबिकता मिडियाबाट बुझेर सावधानी अपनाउनुपर्छ उहाले भन्नुभयो ।

नगरपालिकाले रामपुर अस्पताल संग समन्वय गरि तत्कालको लागि रामपुर अस्पतालमा ५ वेडको आइसोलेसनको प्रवन्ध गरेको अस्पतालका प्रमुख डा.विजय परियारले बताउनुभयो । उहाले चिनबाट फैलिएको कोरोनाले विश्वमा पारेको असर, लक्षण , बच्ने उपाय,रोकथाम,फैलिन नदिन अपनाउनुपर्ने सतर्कताबारे जानकारी दिदै नआत्तिन, मेडिकल माक्सको प्रयोग, नियमित सरसफाईमा ध्यान दिन, रुघा खोकि ज्वरो आएका तुरुन्त स्वास्थ्य सस्थांमा आउन अनुरोध गर्दै भिडभाडमा नजान आग्रह गर्नुभयो ।

सोही अबसरमा नगरपालिकाका सल्लाहाकार देबराज ढकाल, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भिम बहादुर कार्की, इलाका प्रशासन कार्यालयका प्रमुख अशोक आचार्य, शैक्षिक सस्थाबाट रामपुर उच्च माविका प्रीन्सीपल अनन्त भण्डारीले सस्थाहरु मिलेर कसरी कोरोना विरुद्ध जुट्न सकिन्छ र यसका लागि चाल्न सकिने अभियानका बारे जानकारी दिएका थिए ।

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाला बिच कोरोनाबारे सचेतना मुलक छलफल तथा अभिमुखीकरणमा जनप्रतिनिधी, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षा निकाय, पत्रकार, शैक्षिक सस्था, यातायात तथा मजदुर व्यबसायी सहभागी थिए ।

कार्यक्रममा कोरोना संक्रमणबाट सावधानी अपनाउन नगरपालिकाले अन्य विशेष कार्यक्रम गर्ने जनाएको छ । नगरवासीलाई धेरै नआत्तिन र सचेत रहन आग्रह गर्दै सचेतनामुलक कार्यक्रम संचालन गर्ने नगरप्रमुख थापाले आग्रह गर्नुभयो । नगरपालिकामा यसबारे स्वास्थ्य र शिक्षा शाखामा थप बुझ्न वा कुनै समस्या आएमा जानकारी दिन सकिने,अत्यावश्यक बाहेक अन्य कार्यमा झुण्ड बनेर बस्न नदिने अभियानमा प्रहरी संगको सहकार्यमा गस्ती बढाउने, माक्सको कालोबजारी भए/नभएको बिषयमा बजार अनुगमन प्रभावकारी बनाउने र नगरपालिकाले१० हजार माक्स उत्पादन गर्ने निर्णय गरेको छ ।

रामपुर नगरपालिकाले देशमा कोरोनाको संक्रमण नदेखिएपनि सावधानी र सचेतना गर्न नगरवासीले सहयोग गर्दै आफ्नो घर र समुदायमा कोरोनाबारे जानकारी र सतर्क रहन आग्रह गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update