Erani Mahal
पाल्पामा नेकपाकाे 'तीन महिने अभियान' गाउँ पुग्याे
89926290_10219587469830068_2569385041469636608_n

पाल्पा – नेपाल कम्युनिष्ट पार्टी, (नेकपा) पाल्पा जिल्लाका दश वटै स्थानीय तहमा तीन महिने अभियान सुरु गरेको छ । नेकपाले अघि सारेको पार्टी एकता सुदृढीकरण एवं जनसंगठन बिस्तार अभियान कार्यक्रम पाल्पाको दश वटै स्थानीय तहमा सुरु भएको हो ।


नेपालको ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचमा एकता भएपछि बनेको नेकपाले दशभर नै तीन महिने अभियान सुरु गरेको छ । अभियान अहिले जिल्ला हुँदै गाउँपालिका र वडापालिकासम्म पुगेको छ । यसलाई टोल–टोल र जनताको घरघरमा पु¥याइने नेकपा पाल्पाका अध्यक्ष नारायण आचार्यले जानकारी दिनुभयो ।


अभियानले पार्टीलाई जनतासम्म स्थापित गर्नेछ भने जनता, पार्टी र सरकार बीचमा राम्रो सम्बन्ध स्थापित गर्ने, पार्टी एकता मजबुत बनाउने विस्वास गरिएको छ । यस्तै नेकपा जनता र आम कार्यक्र्ताको भरोसायोग्य पार्टीका रुपमा स्थापित हुने दावी अध्यक्ष आचार्यले गर्नुभयो ।
अभियान अन्तर्गत घरदैलो गर्ने, टोलटोलमा गएर विकास निर्माणको छलफल गर्ने, पार्टी सदस्यता नवीकरण गर्ने, टोल तथा सेल कमिटि गठन गर्ने, विकास निर्माणका विषयमा अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै नेकपा नेतृत्वमा रहेको केन्द्रीय, प्रदेश र स्थानीय तहले गरेका कामको प्रचारप्रसार गर्ने, भ्रष्टाचार, बेतिथिको भण्डारफोर गर्ने लगायतका कार्यक्रम तय भएको नेकपा पाल्पाका सहइन्चार्ज तुलाराम घर्तीमगर बसन्तले जानकारी दिनुभयो ।
अभियान अन्तर्गत पाल्पा जिल्लामा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयको नेतृत्वमा विभिन्न समूह बनाइएको छ ।

यसैबीच माथागढीको वडा नं. १, चिदीपानी, वडा नं. २ रुप्से र वडा नं. ३ कसेनीमा तीन महिने अभियान सुरु भएको छ । अभियानमा नेकपाका जिल्ला अध्यक्ष नारायण आचार्य, प्रदेश कमिटि सदस्य एकप्रसाद भण्डारी, निर्वाचन समन्वय कमिटिका सचिव सन्तोष भट्टराई, प्रदेश १÷२ का संयोजक विमल काफ्ले, माथागढी गाउँ कमिटिका इन्चार्ज अर्जुनकुमार रेग्मी, सहइन्चार्ज राजकुमार पन्थी, अध्यक्ष हरि चौहान, जिल्ला कमिटि सदस्य रमा घर्ती लगायतको सहभागिता रहेको थियो ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता सुदृढिकरण एंव जनसम्बन्ध विस्तार अभियान पूर्वखोला गाउँपालिकामा सुरु भएको छ । चैत्र र वैशाख भरी चल्ने अभियानमा पार्टी र तिन तहका सरकारले गरेका कामको प्रचार प्रसार र सुझाव संकलन गर्ने, पार्टी सदस्यता नविकरण गर्ने, घरदैलो र टोल भेला गर्ने जस्ता कार्यक्रम रहेका छन् ।


पूर्वखोलामा अभियान शुरुवात गदै कार्यक्रमका प्रमुख अतिथि नेकपा पाल्पा जिल्ला अध्यक्ष नारायण आचार्यले राष्ट्रिय अभियान अनुसार जिल्ला र गाउँपालिका स्तरमा चैत्र १ देखि अभियान चलेको बताउनु भयो । अभियानमा प्रदेश कमिटि सदस्य राजेन्द्र वि.क., अभियान सदस्य बुद्धिराज गौतम र गाउँपालिका अध्यक्ष नून बहादुर थापा लगायत रहनुभएको छ ।

यस्तै तानसेन, रामपुर, रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली, तिनाउ गाउँपालिकामा समेत तीन महिने अभियान सुरु भएको छ । अभियानमा केन्द्र, प्रदेश तथा जिल्ला स्तरका नेता कार्यकर्ताको सहभागिता रहेको छ । तिनाउमा गाउँ कमिटिकाे बैठक सकिएकाे छ । बैठकले विभिन्न वडामा बैठक तथा भेलाकाे मिति तयर गरेकाे गाउँ कमिटिका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update