Erani Mahal
पूर्वखोलामा कोरोना भाइरस विरुद्धको एक दिने अभिमुखीकरण
p

पाल्पा– जिल्लाको वूर्वखोला गाउँपालिकाले कोरोना भाईरसबाट जोगिन एकदिने अभिमुखीकरण गोष्ठी कार्यक्रम गरेको छ । महामारीको रुपमा फैलिएको भाइरसबाट बच्नको लागि स्वास्थ्य कर्मीहरुलाई एक दिने अभिमुखिकरण गोष्ठी गरिएको हो ।


वीरकोट स्वास्थ्य चौकीमा भएको गोष्ठीमा पूर्वखोलाका सवै स्वास्थ्य संस्थाका स्वास्थ्य कर्मीको उपस्थिति रहेको थियो ।


कोरोनाको लक्षण, यसको जानकारी, यसबाट बच्ने उपायबारेमा जानकारी गराउँदै गाउँगाउँमा समेत सचेतना फैलाउन तालिम दिइएको स्वास्थ्य कार्यालय प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो ।
स्वास्थ्य कार्यालयका प्रमुख न्यौपाने, पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोहन ढकाल, प्रभास पन्थीले कार्यक्रमको सहजिकरण गर्नु भएको हो ।

संयोजक ढकालको संचालनमा चलेको कार्यक्रम गाउँपालिका उपाध्यक्ष भागीरथी भट्टराईको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update