Erani Mahal
तिनाउँका १ सय दलित तथा अशक्त अभिभावकलाई गाउँपालिकाद्वारा स्वास्थ्य विमा
ta-2

पाल्पा– तिनाउँ गाउँपालिका १ झिंगामारा स्थित सरस्वती आधारभूत विद्यालय र वडा नंं ६ को चिदीसको लक्ष्मी आधारभूत विद्यालयका ५०÷५० जना गरी १ सय जना दलित तथा अशक्त अभिभावकलाई निशुल्क स्वास्थ्य चेकजाँजको व्यवस्था मिलाएको छ । गाउँपालिकाले उनीहरुको स्वास्य विमा गर्नको लागि ३ हजार ५ सयका दरले रकम समेत प्रदान गर्ने भएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले रानीमहललाई बताउनुभयो ।

मस्यामको चिदीसको लक्ष्मी आधारभूत विद्यालयको अभिभावक भेलामा प्रमुख अतिथि घर्तीले उक्त सहयोग घोषणा गर्नुभएको हो ।


मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्र्तगत उक्त कार्यक्रम राखिएको प्रमुख घर्तीले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर रास्कोटीको अध्यक्षतमा भएको कार्यक्रममा वडा अध्यक्ष टोमबहादुर टोमबहादुर पुन, प्रवक्ता राजेश श्रेष्ठ, वडा सदस्यहरु सरस्वती नेपाली, बलबहादुर सारु, गोमा भण्डारी, स्वास्थ्य विमा सहजकर्ता दुर्गा राना लगायतले आ–आफ्नो विचार राख्नु भएको थियो । कार्यक्रमको संचालन प्रअ प्रेम रानाले गर्नुभएको थियो ।


मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम मार्फत गाउँपालिकाका विभिन्न स्थान दिवा खाजाको व्यवस्था, स्टेशनरी, पोशाक सहयोग, बालकक्षा व्यवस्थापन, विज्ञान प्रविधि सहयोग, नेतृत्व विकास तालिम, बालविवाह रोकथाम कार्यक्रम लगायतका कार्यक्रमहरुका लागि बजेट विनियोजन भएको अध्यक्ष घर्तीले रानीमहलाई बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update