Erani Mahal
तालिममा सिकेका कुरालाई व्यवहारमा उर्तान जरुरी मेयर– शाही
द्बट्ट

पाल्पा– तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले कुनै पनि तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नुपर्ने बताउनु भएको छ । उहाँले तालिम लिने र प्रमाणपत्र बटुल्ने काम मात्र नगरी सीप सिकेर व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो ।


शिव इन्ष्टिच्युट तानसेन पाल्पाले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण तालिम समापन समारोहमा बोल्दै मेयर शाहीले उक्त कुरा बताउनु भएको हो । अहिले सरकारले युवाहरुलाई देशमा स्वरोजगार बनाउन समय अनुसार रोजगारीका विभिन्न निशुल्क तालिम ल्याएको बताउदै यसरी तालिम लिएका युवाहरु तथा युवतीहरुले सीप सिकेर त्यसलाई व्यावहारमा नउत्तारेमा अर्थ नहुने बताउदै तालिममा सिकेका सिपलाई व्यवहारमा उत्तान पर्ने बताउनु भयो ।

तालिम टि आई टि आई भक्तपुरको आयोजना र शिव इन्ष्टिच्युट पाल्पाको तानसेनमा सहजकर्तामा सञ्चालन भएको थियो । कार्यक्रममा तानसेन नगरपालिकाका सामाजिक विकास अधिकृत भरत आर्चाय,पत्रकार यज्ञमूर्ति तिमिल्सीना ,तालिमका कोडिनेटर किरण पौडेल लगाएतले शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा प्रशिक्षार्थीहरु तर्फबाट बोल्दै राधा सिङ्गजाली र गोकुल सापकोटाले तालिम निकै ज्ञान बर्धक र सिपयुक्त रहेको बताउदै अब तालिममा सिकेका कुरालाई व्यवहारमा उत्तारर्ने बताउनुभयो । कार्यक्रम शिव इन्ष्टिच्युटका व्यवस्थापक नारायण भटराईको अध्यक्षतामा, शिव इन्ष्टिच्युटका तालिम कोडिनेटर राज कुमार खण्डकाको स्वागत मन्तव्य र अस्मिता ढुगानाको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update