Erani Mahal
रामपुरमा बीउ विजन कक्षकाे सुरुवात
Ra-

पाल्पा- सन्तुलित पशु आहार बिक्री तथा बीउ विजन संकलन कक्ष रामपुरमा खुलेको छ । स्थानीय सिताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुर मार्फत विउविजन संकलन कक्षको उद्घाटन गरी संचालनमा ल्याइएको हो ।

संकलन कक्षको उद्घाटन गर्नुहुदै जिल्ला भेटेनरि तथा पशुविज्ञ केन्द्र पाल्पाका प्रमुख डा. चन्द्रबहादुर रानाले पशु आहारलाई मध्यनजर गर्दै विउबिजन व्यबस्थापनलाई कक्षको शुभारम्भ गरेको बताउनुभयो ।

मानिसका लागि जस्तै पशुलाई पनि सन्तुलित आहार चाहिने भन्दै रानाले पशुको दैनिक खानपानमा ध्यान दिन कृषकलाई अनुरोध गर्नुभयो । व्यवस्थापक भविनारायण मरासिनीले कार्यक्रमको उद्देश्य र अबस्था बारे जानकारी दिनुभएको थियो ।

संस्थाका अध्यक्ष कृष्णकुमार अर्यालको अध्यक्षता व्यबस्थापक मरासिनिको स्वागत र सचिव बिनोद श्रेष्ठको संचालनमा कार्यक्रम चलेको हो । संस्थाका निवर्तमान अध्यक्ष कमलराज भट्टराईले संस्थाले किसान र पशु सेवामा गरेका कार्यक्रम र चलाएका अभियानबारे जानकारी दिनुभएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update