Erani Mahal
आजदेखि सडक चाैडा गर्न सिद्धार्थ राजमार्ग दैनिक ८ घण्टा बन्द, यात्रुलाई सास्ती !
thumb

पाल्पा – सिद्धार्थ राजमार्गको गौडेपुल देखि चर्चरेसम्मका घुम्ती चौडा गर्न आज शनिबारदेखि १२ गतेसम्म सडक दैनिक ८ घण्टासम्म बन्द हुनेछ । सडकका घुम्ती चौडा गरेर दुरी छोट्याउने नीति अनुसार घुम्ती काट्नका लागि हरेक दिन
बिहान ७ देखि ९ बजे सम्म,

दिउँसो १२ देखि ३ बजे सम्म,
राती ८ बजेदेखि ११ बजेसम्म बाटो
बन्द गरिने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

यात्रुलाइ सास्ती कहिलेसम्म ?

सडक चौडा गर्ने कार्यले १२ दिन यात्रुहरुले सास्ती बेहोर्नु पर्ने भएको छ । सडक चौडा गर्न रातिको समयमा बढी लाभदायी हुने भएपनि सडक कार्यालयले भने दिउँशै सडक बन्द गरेर यात्रुलाई सास्ती दिन खोजेको अधिकांशको टिप्पणी छ । सडक बनाउने हो भने सर्वसाधारणलाई पूर्व सूचना दिएर रातिको समयमा काम गर्नु उपयुक्त हुन्छ एक जना यात्रुले भने दिउँशो यात्रुलाई सहज रुपमा यात्रा गर्न दिनुपर्छ । तर सडक डिभिजन कार्यालयले सर्वसाधारणले थाहा पाउने गरी सूचना भने जारी गरेको छैन । यातायात व्यवसायीलाई पत्र काटेर सडक बन्द रहने मात्र भनेको छ ।

सडक भत्काएरपछि २/४ वर्ष बन्दैन

उता सडक चौडा गर्ने र झन सडक बिगार्ने कार्य भएको भन्दै आलोचना हुने गरेको छ । सडक भत्काएपछि लगत्तै कालोपत्रे नगरी २/४ वर्षसम्म सडक त्यसै छाड्दा समेत सडक हिलाम्य र धुलाम्य हुने गरेको छ । सडक भत्काएर तुरुन्तै कालोपत्रे नगर्ने हो भने किन भत्काउने यस सडकका यात्रा गर्ने सबैजसो यात्रुले प्रश्न गर्छन् । तर डिभिजन सडक कार्यालयले भने यो सडकमा बारम्बार लापारबाही गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १, २०७६  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update