Erani Mahal
पाल्पाका सबैवडामा फोटो सहितको मतदाता विवरण संकलन गर्न टोली खटिने
ad

पाल्पा– पाल्पाका गाउँगाउँमा मतदाता नामावली संकलन गर्ने टोली खटिने भएका छन् । जिल्ला निर्वाचन कार्यालयले जिल्लाको ८१ वटै वडाहरुमा फोटो सहितको मतदाता नामावली विवरण संकलनका लागि टोली खटाउने भएको छ ।


जिल्लाभरका १६ वर्ष उमेर पुगेका नेपाली नागरिकता प्राप्त नागरिकहरुले आफ्नो वडामा गएर टोलीमा फोटो सहितको मतदाता विवरण भर्नको लागि टोली खटाउन लगाएिको कार्यालय प्रमुख धर्मा अर्यालले रानीमहलाई बताउनुभयो ।


वडा स्तरीय मतदाता नामावली संकलन तथा अध्यावधिक गर्नको लागि चैत्रको ७ गतेदेखि जेठ मसान्तसम्म पाल्पा जिल्लाभरका गाउँगाउँमा टोली खटिने प्रमुख अर्यालले बताउनुभयो । उहाँले आगामि निर्वाचन प्रयोजनका लागि कोही पनि बालिग मताधिकारबाट नछुटुन भनेर टोली खटाइएको बताउनुभयो ।

उहाँले गाउँ गाउँमा टोली जाने भएपछि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट संकलन गर्दै आइरहेको फोटो सहितको मतदाता विवरण समेत स्थगित गरिएको बताउनुभयो ।
उहाँले गाउँमा खट्ने टोलीलाई सहयोग गर्न सम्बन्धित वडा, गाउँपालिका, जनप्रतिनिधि, राजनीतिक दल सबैलाई आव्हान समेत गरिएको बताउनुभयो ।

टोलीले हरेक वडामा ४ दिन रहेर मतदाता नामावली संकलन, अध्यावधिक गर्ने काम गर्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update