Erani Mahal
बगनासकाली गाउँपालिकाद्वारा ‘कारोना’ सचेतना कार्यक्रम
Coronavirus_H

पाल्पा– जिल्लाको बगनासकाली गाउँपालिकाले कोरोना भाइरससम्बन्धी सचेतना कार्यक्रमहरु सुरु गरेको छ ।


विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट पूर्व सतर्कतता अपनाउन गाउँपालिका भित्रका सबै वडाहरुमा गाउँपालिकाले सचेतना कार्यक्रमलाई अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताउनुभयो ।

गाउँपालिकाले पूर्व सतर्कतता अपनाउनका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयसेवीहरुकाहरुमार्फत टोल–टोलमा सचेतना कार्यक्रमलाई अगाडि बढाएको छ ।

गाउँपालिकामा र्या्पिट रेस्पोन्स (आर आर टिम) गठन गरी सबै वडाहरुमा सचेतना कार्यक्रमहरु सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणीराम अधिकारीले जानकारी दिनुभयो ।
उनका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीहरुबाट महिला स्वयमसेवीकाहरुलाई प्रशिक्षण दिई उनीहरुमार्फत समुदायमा कोरोनाका विषयमा सचेतना जगाइने छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update