Erani Mahal
वुटवलमा कोरोना भाइरसको संक्रमण भएको आशंका !
Coronavirus_H

पाल्पा– वुटवलमा कोरोना भाइरस संक्रमणको आशंकामा एक जनालाई अस्पतालमा भर्ना गरिएको छ । वुटवलका २१ वर्षका एक युवकलाई बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा राखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताउनुभयो ।


डा. थापाका अनुसार ती युवामा कोरोना भाइरसको संक्रमणका कारण देखिने लक्षणसंग मिल्दाजुल्दा लक्षणहरु देखिएका छन् । ‘तर कोरोना नै हो कि होइन भनेर पूर्ण परीक्षण गर्न बाँकी छ’ थापाले भन्नुभयो ‘भोली नमूना परीक्षणका लागि काठमाडौं पठाउँदैछौं ।’ त्यसको रिपोर्टले मात्रै थाहा हुनेछ कोरोना हो कि होइन भनेर ।


चिनबाट फैलिएको नोबेल कोरोनाको त्रास अहिले विश्वभर फैलिएको छ जसले गर्दा सबैले सावधानी अपनाउनुपर्ने डा. थापाले बताउनुभयो । उहाँले त्यहाँको विरामीलाई अहिले नै कोरोना हो भनेर भन्न नसकिने भएकाले रिपोर्ट पछि मात्रै थाहा हुने समेत जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  २०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update