Erani Mahal
तानसेनका सबै वडामा अनलाइन व्यक्तिगत घटना दर्ता
ta-1

पाल्पा– तानसेन नगरपालिकाका सम्पूर्ण वडाहरुमा अनलाइन व्यक्तिगत घटना दर्ताको काम शुरु भएको छ ।
तानसेन नगरपालिका वडा नं ८ बाट अनलाइन व्यक्तिगत घटना दर्ता गरी अन्य वडाहरुमा समेत विस्तार गरेर पूर्ण अनलाइन नगरपालिका घोषणा गरिएको तानसेनका प्रमुख अशोककुमार शाहीले बताउनुभयो । उहाँले जन्म, मृत्यू बसाई सराई जस्ता घटना दर्ताको लागि गाउँगाउँबाट तानसेन आउनुपर्ने बाध्यता समेत हटेकोले जनताको काममा समेत सहजता आउने प्रमुख शाहीले विश्वास व्यक्त गर्नुभयो ।

तानसेन नगरपालिका वडा नाम ८ का अध्यक्ष रामप्रसाद घिमिरे द्वारा जन्म दर्ता प्रमाण पत्र सम्बन्धित व्यक्तिलाइ हस्तान्तरण गरी पहिलो अनलाइन घटना दर्ता सुरुवात भएको थियो । तानसेन नगरपालिकाका सेवाग्राहीहरु जन्म, मृत्यु, बसाइसराई, विवाह र सम्बन्ध बिच्छेद घटना दर्ता गर्न सम्बन्धित आफ्नो वडामा गएर गर्न सकिने भएको छ तानसेन नगरका प्रवक्ता दामोदर घिमिरेले भन्नुभयो उक्त कार्य गर्न अब नगरपालिकाको कार्यालय आइरहन नपर्ने भएको छ घिमिरेले भन्नुभयो, अनलाइन घटना दर्तापछि देशभरबाट सो विवरण हेर्न सकिने समेत सूचना प्रणालीको विकास भएको छ ।


अब अनलाइन घटना दर्ता गरेका व्यक्तिले अन्य स्थानमा गएर समेत विवरण परिवर्तन नपाउने गरेर सरकारले सिस्टम बनाएकोले सबै रेकर्ड अध्यावधिक गर्न समेत सजिलो हुने नगरपालिकाले जनाएको छ ।

तानसेनमा संघीय संरचनासँगै १४ वटावडाहरु विभाजन भएको छ । सबै वडाहरुमा अनलाइन दर्तासँगै पूर्ण अनलाईन नगरपालिका भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लिराज बेल्वासेले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update