Erani Mahal
पाल्पा रिव्दिकोटमा चिस्यान केन्द्रमा सुन्तलाको भण्डारण
89382748_626914198145322_8227155295965544448_n

पाल्पा, रिब्दीकोट गाउँपालिका वडा नं. ३ हार्थोकमा निर्माण भएको चिस्यान केन्द्रमा राखिएको फलफूका कारण किसानले दोव्वर मुल्य पाएका छन् । गाउँपालिकाले निर्माण गरेर परीक्षणका रुपमा राखिएको सुन्तलाको सफल रुपमा काम गरेको छ, गाउँपालिकाका प्रमुख नारायण बहादुर जिसीले बताउनुभयो ।


सुन्तलाको पकेट क्षेत्रका रुपमा चिनिने रिब्दीकोटमा सुन्तला भण्डारणको अभावका कारण सस्तो मूल्यमा बिक्री गर्दा किसान मर्कामा पर्दै आएका कारण चिस्यान केन्द्रलाई चुस्त व्यवस्थापन सहित सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो । एकैपटक पाक्ने सुन्तला ठेकेदारले बोटबाटै टिपेर लैजाँदा किसानले भनेजस्तो मूल्य नपाउने समस्यालाई मध्यनजर गर्दै उक्त चिस्यान केन्द्र निर्माण गरिएको र अहिले सफल परिक्षण गरीएको अध्यक्ष जिसीको भनाई थियो ।

“कृषकले सुन्तला भण्डारण गर्न नसक्दा सस्तो मूल्यमा सुन्तला बिक्री हुँदै आएको थियो । ” जिसीले भन्नुभयो । “सुन्तला चिस्यान केन्द्रमा भण्डार पश्चात् दोब्बर बढी मूल्यमा बिक्री गर्न सकिन्छ ।”

सुन्तलाका लागि उर्वर रहेको स्थानमा चिस्यान केन्द्रको अभावमा सुन्तला कृषक निरुत्साहित भएका कारण सो केन्द्र सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले बताउनुभयो ।

२३ जना सुन्तला किसानले चिस्यान केन्द्रमा ६ क्विन्टल सुन्तला संकलन गरि चिस्यान केन्द्रमा राखेको प्रमुख प्रसासकिय अधिकृत ऋषिराम अर्जेलले बताउनुभयो । मौसमी समयमा ५० रुपैंया प्रतिकेजी सुन्तला विक्रि गर्दै आएका किसानहरुले चिस्यान केन्द्रमा राखेपछी १ सय रुपैंया प्रतीकेजी सुन्तला विक्रि गर्न पाउँदा किसान हर्षित भएका प्रमुख अर्जेलले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update