Erani Mahal
रामतुलसी माविकाे विव्यस गठन
89464230_621610868384723_6480152836939186176_n

पाल्पा - रामपुरकाे रामतुलसी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा विष्णु प्रसाद पौडेल चयन हुनुभएको छ । विद्यालयमा बसेको सरोकारवालाहरुको बैठकले पौडेलको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

निवर्तमान शिक्षक अभिभावक संघका अध्यक्ष समेत रहेका पौडेल विद्यालय व्यबस्थापन समितिको अध्यक्षमा सर्वसहमतिमा चयन हुनुभएको हो । समितिको सदस्यहरुमा वडा अध्यक्ष हिमाल मल्ल, रमा देवी अर्याल भण्डारी, दुर्गा देवी राना, लक्ष्मण सुनाम, अशोक श्रेष्ठ, देउ मायाँ राना रहनुभएकाे छ ।

समितिको सदस्य सचिवमा विद्यालयका प्रध्यानध्यापक बालकृष्ण लम्साल रहनुभएको छ । त्यस्तै शिक्षक प्रतिनिधि तथा अन्य बाँकी मनोनित सदस्यहरु र शिक्षक अभिभावक संघ भने चयन गर्न बाँकी रहेको छ ।

रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्लको अध्यक्षतामा बसेको बैठकमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नमुना विद्यालयमा पर्न सफल विद्यालयको थप विकासको लागि शुभकामना दिनुभयो ।

त्यस्तै रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल, नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका इन्चार्ज राजु प्रसाद श्रेष्ठ, नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईले समेत शुभकामना दिनुभएको थियो । बैठकको सञ्चालन प्रधानाध्यापक बालकृष्ण लम्सालले गर्नुभएको हो ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update