Erani Mahal
पाल्पाको चापपानीमा भ्यान दुर्घटना : ६ जना घाईते
Van-

पाल्पा- पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका ९ चापपानीमा भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । तानसेन बाट यम्घा जाँदै गरेको लु १ ज २५३९ नम्बरको भ्यान बिहिबार बिहान ११ बजे तिर दुर्घटना भएको हो ।


दुर्घटनामा घाइते भएकाहरुको तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा तानसेन ६ का भ्यान चालक २६ बर्षिय पवन राना, सोही ठाँउका ३९ वर्षिया निर्मला खराल, ४४ वर्षिय शिब खराल, नवलपरासी बर्दघाट १० की ४० वर्षिया सरस्वती चापागाई, बुटवल उपमहानगरपालीका ११, रुपन्देहीकी ३४ वर्षिया मिना भट्टराई र सोही ठाउँकी २८ वर्षिया बिना बस्याल घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update