Erani Mahal
सोमादीको गंगा माविका ७९ विद्यार्थीलाई ट्रयाकसुट वितरण
Ganga

पाल्पा– रैनादेवी छहरा गाउँपालिका २ तान्सिङलमा रहेको गंगा माविमा ट्रयाकसुट वितरण गरिएको छ ।


विद्यालयका कक्षा ६ देखी कक्षा ९ सम्मका ६९ जना विद्यार्थीहरुलाई विद्यालयका पुर्व विद्यार्थीहरुको समुहले एक जोडा ट्रयाक सुट वितरण गरेका हुन् । प्रमुख अतिथि वडा अध्यक्ष जीवनाथ पोखरेलले पुर्व विद्यार्थीहरुले आफुले अध्ययन गरेको विधालयमा ट्रयाक सट वितरण गरेकोमा पुर्व विद्यार्थीहरुलाई धन्यवाद दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनीलाल पोखरेलले विद्यालयमा अध्ययन गरेर गए पनि सम्झना गरी आफु भन्दा साना भाइ बहिनीहरुलाई ट्याक सुट वितरण गरेकामा धन्यवाद दिनुभयो ।


विद्यालयका प्रअ नारायण पोख्रेल लगायतले बोल्नु भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य पुर्व विद्यार्थी माधव घर्ती, गंगा माविका शिक्षक माधव केसीको सञ्चालन तथा पूर्व विधार्थी एवम् गंगा माविका कार्यक्रम संयोजक तथा कार्यक्रमका अध्यक्ष माधव भण्डारीको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update