Erani Mahal
तानसेनमा थेरवाद बौद्ध धर्म प्रशिक्षण
Vesak Day Marks Buddha's Birthday In Indonesia

पाल्पा– थेरवाद बौद्ध संघको आयोजनामा तानसेनमा एक दिवसीय थेरवाद बौद्ध धर्म प्रशिक्षण तानसेनको महाचैत्य विहारमा सम्पन्न भएको छ ।
प्रमुख अतिथि भारत नागपुरबाट आउनुभएका भिक्षु रेवतबोधि महास्थविरले उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा भिक्षु रेवत बोधि महास्थविर, भिक्षु ज्ञानेन्द्र स्थविर, सह प्रा. छत्रराज शाक्यले प्रशिक्षण दिनु भएको थियो ।

MAGELANG, JAVA, INDONESIA - JUNE 1: Buddhist monks meditate at the yard of Borobudur temple, built between 750 and 842 AD, June 1, 2007 in Magelang, Central Java province, Indonesia. Buddhists in Indonesia celebrate Vesak Day or "the day of Buddha's birth, his enlightenment and his reaching of nirvana" today. (Photo by Dimas Ardian/Getty Images)


प्रशिक्षण पश्चात सचिब बीरेन्द्र मान बज्राचार्र्यबाट संचालित समापन कार्यक्रममा प्रमुख अतिथि भिक्षु रेवत बोधि महास्थविर, अतिथि भिक्षु ज्ञानेन्द्र स्थविरले प्रशिक्षण कार्यक्रम समय सापेक्ष, धेरै उपयोगी भएको भन्दै थेरवाद बौद्ध संघलाई हार्दिक शुभकामना ब्यक्त गर्नुभयो ।


त्यस्तै सहभागी प्रशिक्षार्थीहरुको तर्फबाट ज्ञानमाला सभा महाचैत्य विहारका अध्यक्ष बुद्धरत्न शाक्य, वडा नं ३ का वडाध्यक्ष महेश लाल शाक्य, प्रभा शाक्य र सुरज बौद्धाचार्यले बोल्नु भएको थियो ।
कार्यक्रमका अध्यक्ष छत्रराज शाक्यले प्रशिक्षण सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिनु भई कार्यक्रमको समापन गर्नु भएको थियो । उक्त कार्यक्रममा २४ जना प्रशिक्षार्थीहरुले प्रशिक्षण लिएका थिए ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update