Erani Mahal
बन्दिपोखराको लिपेन्देवी प्राविमा मास्क प्रदान
ff

पाल्पा– कोरोना भाइरस तथा धुलोबाट जोगाउन बन्दिपोखरामा रहेको लिपेन्देवी प्राविमा मास्क वितरण गरिएको छ । स्थानीय इच्छा गहतराजले विद्यालयका ५० जना विद्यार्थी, शिक्षक तथा अभिभावकलाई एक कार्यक्रमका बीचमा माक्स वितरण गर्नु भएको छ ।


कोरोना भाइरसको संक्रमण खुला सीमा भएकोले जुनसुकै समयमा हुने भएकाले सचेतनाको लागि माक्स वितरण गरेको गहतराजले बताउनु भयो ।


विधालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर शारुले अहिलेको समयमा बजारमा माक्स किनेर मानिसले लगाउनु खोज्दा समेत नपाएको बेलामा विधार्थीहरुलाई माक्स वितरण गरी पुण्यको काम गरेकोमा धन्यवाद दिनुभयो । विधालयकी प्रअ केसरी बस्नेतले इच्छा गहतराजले गरेको कामको प्रशंसा गर्दै पछिल्लो समयमा कोरोना फैलिएको बताउदै विधालयले निरन्तर रुपमा विधार्थीहरुलाई सचेतनाको कार्यक्रमहरु गरेको बताउनु भयो ।


कार्यक्रममा पत्रकार सन्तोष गहतराज, विष्ण खाती, निर्मला कुवँर, राज गहतराज, प्रविन गहतराज, राम बहादुर शारु,यम बहादुर शारु लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक कोपिल आर्चायको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update