Erani Mahal
लालीगुँरास सहकारीद्वारा माथागढीकाे खरहेमा गैरकानुनी काराेबार
sahakari

पाल्पा – लालीगुँरास वचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न स्थानमा गैरकानुनी काराेबार संचालन गरेकाे छ । रम्भा-४, हुमिनमा मुख्य कार्यालय रहेकाे उक्त सहकारीले माथागढी-२ र ३ काे सिमाना खहरेमा विना स्वीकृति शाखा कार्यालय खोलेर गैरकानुनी कारोवार सञ्चालन गर्दै आएको छ ।

सहकारीकर्मीहरुले गाउँपालिका र केही जनप्रतिनिधिको आडमा विगत ६ महिनादेखि गैरकानुनी रुपमा कारोबार गरेको आरोप लगाएका छन् । लालीगुँरास सहकारीको खहरे शाखाले १ सय ५० बढीलाई सदस्यता समेत वितरण गरेको छ ।

माडी क्षेत्रमा क्रियाशील रहेका ७ वटा सहकारी संस्थाका अध्यक्षले हस्ताक्षर गरि कारबाहीको लागी गाउँपालिका संग गरेको अनुरोध

कौडे वचत तथा ऋण सहकारी कसेनी, सराई फूलबारी वचत तथा ऋण सहकारी कसेनी, माण्डव्य कृषि सहकारी रुप्से, माछापुच्छ्रे बहुउद्देश्यीय सहकारी संस्था कसेनी, माथागढी बहुउद्देश्यीय सहकारी चिदीपानी, रुप्से खहरे वचत तथा ऋण सहकारी रुप्से र माडी कृषि सहकारी कसेनीले सहकारी ऐन नियम विपरित शाखा खोलेको भन्दै माथागढी गाउँपालिकामा उजुरी गरेका छन् ।

सहकारीका कार्यकारी निर्देशक बिष्णु बमरेलले प्रदेशमा निति बन्दै गरेको अवस्थामा सहकारीले शाखा खोलेर सञ्चालन गरेको बताउनुभयो । बमरेलले कानुनी प्रक्रिया पूरा नभएकाे स्वीकार गर्नुभयाे । प्रदेशमा काराेबारका लागि स्वीकृति माग गरेपनि अहिलेसम्म पाउन नसकेकाे स्वीकार गर्नुभयाे । माथागढी गाउँपालिकाका सहकारी शाखा हेर्ने जिम्मेवारी पाउनुभएका अधिकृत नारायण न्याैपानेले पनि लालीगुँरास सहकारीले खहरेमा शाखा खाेलेर काराेबार गर्नु गैरकानुनी भएकाे बताउनुभयाे ।

माडी क्षेत्रमा क्रियाशिल रहेका ७ वटा सहकारी संस्थाका अध्यक्षले भने हस्ताक्षर गरी आवश्यक कारवाही गर्न गाउँपालिका संग अनुरोध गरेका छन् । सहकारी ऐन नियममा सहकारी संस्थाले शाखा खोलेर कारोवार सञ्चालन गर्न नपाउने प्रावधान रहेको छ ।

यता उक्त सहकारीले अहिलेसम्म संचालन गरेकाे अबैध काराेबारलाइ बैध बनाउन अर्काे नयाँ सहकारी बनाउन गाउँपालिकामा निवेदन दिने तयारी गरेकाे छ । लालीगुरास सहकारीले गरेकाे अबैध काराेबार भएकाे हल्लखल्ला भएपछि सदस्यहरूलाइ थाहै नदिइ गाउँपालिकामा रूप्से र कसेनी कार्यक्षेत्र बनाएर सहकारी दर्ता गर्न खाेजिएकाे हाे । सहकारी एेन अनुसार अबैध काराेबार गर्ने सहकारीलाइ दर्ता खारेज गर्नेसम्मकाे कारबाही हुने व्यवस्था छ । यद्यपी याे सहकारीले भने लुकीछिपी गैरकानुनी काराेबार गर्दै आएकाे छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update