Erani Mahal
तिनाउ नदीमा पाैडी खेल्ने क्रममा बेपत्ता भएका राेकाकाे शब फेला
death_QZFhbTeumb

पाल्पा– जिल्लाको तिनाउँ खोलामा रहेको तिनाउँ जलविद्युत केन्द्रको ड्याम साइडमा डुवी बेपत्ता भएका युवककाे शब फेला परेकाे छ । तिनाउँ गाउँपालिका ३ दोभान पाउर हाउसको ड्याममा पौडी खेल्ने क्रममा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका ७ भलवाडी बस्ने २१ वर्षका प्रदिप रोकाकाे शब नदी किनारमा फेला परेकाे हाे ।

पौडी खेल्ने क्रममा गत फागुन २४ गते डुबेर बेपत्ता भएका राेकाकाे ड्याम साइडकाे १ किमी तल नदी किनारमा शब तैरिरहेकाे अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीसँगै पौडी खेल्न गएका १७ वर्षका सुमन सारु, १५ वर्षका सुमित चौधरी भने सकुसल रहेका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update