Erani Mahal
रामपुरमा पाँच बाख्रा र दुई भैँसी मरे
Untitled-2-copy-1

पाल्पा - कुडोमा दाना ठानेर युरिया मल हालेर खुवाउदा रामपुर नगरपालिका पन्थेका हरिप्रसाद पोखरेलको घरमा पालेका भैंसी र बाख्रा मरेका छन् । बिहान खुवाउने कुडो साझ पकाउने बेला युरिया मल परेको आशंका पोखरेल परिवारको छ । कुडो खाएको केही बेरमा नै २ भैंसी, ३ बाख्रा,१ खसी र १ बोका मरेको हो ।

सोमबार साझ पकाएर मंगलबार बिहान कुडो खुवाएको केहीबेरमा नै भैसी र बाख्राले मुखबाट फिज निकाल्न शुरु गरेको सन्तोष पोखरेलले बताउनुभयो । सोमबार १ किलो युरिया मल किनेर लगेकोमा आधा मल घटेको र कुडो पकाउने बेला दाना जस्तो ठानेर कुडोमा युरिया हालिएको हुनसक्ने परिवारले जनाएको छ ।

युरिया मल घरको उचित ठाउमा राख्ने हेक्का र कुडोमा हाल्ने दानाको हेक्का नहुदा यो क्षती पुगेको स्थानियको भनाई छ । २ लाख बढीको क्षती भएको छ । रामपुर नगरपालिका पशु प्राविधिकको टोली पनि पोखरेलको घर पुगेको थियो ।

टोलीले कुडो खाएका पशु मरेको र लैनो पाडो सहित सानो बाख्राको बच्चा कुडो नखाएका कारण बचेको छ । घरमा मल लगेर राखेकोमा मलको मात्रा घट्दा झुक्किएर कुडोमा मल हालिएको र त्यही कुडो खादा पशु मरेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update