Erani Mahal
पाल्पामा पछिल्लो समयमा चोरीका घटना बढदै !
CHOR-copy

पाल्पा– पाल्पामा पछिल्लो समयमा चोरीका घटना बढे पछि मानिसहरु त्रसित भएका छन । मध्य रातको समयमा अज्ञात समुहका मानिसहरुले चोरी गरेपछि मानिसहरु चिन्तित भएका हुन । पाल्पामा पछिल्लो समयमा घरमा पार्किङ्ग गरेको मोटरसाइक, मोबाइल पसल तथा तरकाली पसल लगाएत अन्य पसल तथा घरहरुमा चोरी भए पछि मानिसहरु चिन्तित भएका हुन । रातको समयमा मानिसहरुले पसल बन्द गरेर सुतेको समय पारी अज्ञात समूहका मानिसहरुले पटक पटक पसलमा चोरी गरे पछि स्थानीय चिन्तित भएका हन ।


केही समय अगाडी पाल्पाका विभिन्न ठाउँहरुको मोटर साइकलहरु पार्किङ्ग गरेर राखेको ठाउँबाट हराउने गरेको थियो । भने अहिले पसलहरुमा चारी भइरहेको स्थानीयहरुले बताएका छन् । रानीमहलसँगको कुराकानीमा घिमिरे मोवाइल सेन्टरका पवन घिमिरेको मोवाइल पसलमा तोडभोड भएको बताउनु भयो । उहाँले भन्न भयो विहिवार पसल बन्द गरेर कोठामा गए राती अज्ञात समुहका मानिसहरुले पसलको ताल्चा फोरेको पाइयो घिमिरे भन्नुभयो ।


त्यस्को दोस्रो दिन शुक्रबार पनि फेरी पसलमा चोरीको प्रयास भएको उहाँले बताउनु भयो । दोस्रो दिन अज्ञात समुहले पसलको आधा सटर खोलेर चोरीको प्रयास भएको बताउन भयो । तर चोरीको प्रयास भए पनि मोवाइल तथा अन्य सामानहरु भने चारी नभएको बताए । चोरीको प्रयास भएपछि प्रहरीलाई जानकारी दिएको बताउदै प्रहरीले भने खोजी कार्य जारी भएको भन्ने प्रतिक्रिया दिएको बताए ।
त्यस्तै साझा तरकाली पसलकी तुलसी तिमिल्सिनाको पसलमा अज्ञात समुहका व्यक्तिहरुले चारी गरेको बताउनु भयो । अहिले सम्म उहाँको पसलमा ४ पटक सम्म चोरी भइसकेको बताउनु भयो । पहिलो पटक पसलबाट मोबाइल तथा करिब ४ हजार रुपैया हराएको बताउदै पछिल्लो समयमा भने बिस्कुट,फ्रुटी,भोला रिचाजकार्ड हराएको बताउनु भएको छ । उहाँहरुले पनि प्रहरीलाई खबर गरेको बताउदै प्रहरीले भने खोजी कार्य जारी भएको बताउनु भयो ।


यसरी पाल्पामा केही समय अगाडी तानसेन नगरपालिका ११ जोगी पानीका इच्छा गहतराजले घरमा पार्किङ्ग गरेर राखेको माटरसाइकल हराएको थियो त्यस्तै पाल्पाको तानसेनमा होटल व्यवसाय गर्ने देव गाहा मगरको पार्किङ्ग गरेर राखिएको स्थानबाट मोटर साइकल अज्ञात समुहले चोरी गरेको थियो पछि प्रहरी खोजी गरे पश्चात सो मोटर साइकल जगङमा वेवारिसे अवस्थामा भेटिएको थियो ।


यसरी चोरीका घटनाहरु बढीरहेका बेला जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैयाले भने प्रहरीले चोरी गरेको ठोस प्रमाण नभेटाउदा सम्म शंकाको भरमा कारबाही गर्न नसकिने बताउन भयो । अहिले चारीका गर्ने व्यक्तिहरुको समूहलाई खोजी गर्न सिभिल प्रहरीहरु र वाइक गस्ती सञ्चालन गरेको बताउनु भयो । साथै चारी गर्ने मानिसहरुको खोजी कार्य भइरहेको बताउदै ठोस प्रमाण भेटिनासाथ र अपराधीको पहिचान भए पछि कारबाहीको दायरामा ल्याउने बताउनु भयो ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update