Erani Mahal
सुन्तला बोकेको ट्रक पाल्पाको पोखराथोकमा दुर्घटना
suntya

पाल्पा– सुन्तला बोकेर पाल्पादेखी पोखरातर्फ जाँदै गरेको ट्रक बगनासकाली गाउँपालिका २ पोखराथोकमा दुर्घटना भएको छ ।


भारतबाट सुन्तला लिएर पाल्पा हुँदै पोखरा जाने क्रममा मंगलवार दिउँसो ट्रक दुर्घटना भएको हो । दुर्घटनामा परेर चालक र सहचालक घाइते भएका छन् ।


सडकमा मोविक पोखिएका कारण चिप्लिएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


तस्वीर सुदिप राज रेग्मीको फेशबुकबालबाट ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update